जनआन्दोलन–१ का घरबेटी पुष्करलाल



कपिल काफ्ले

राजनीतिक दलमाथिको प्रतिबन्ध हट्नुपर्छ भन्ने माग जोडतोडले चलिरहेको थियो। दलविहीन पञ्चायती व्यवस्थाले शासन गरेको ३० वर्ष भइसकेको थियो। हरेक सचेत नागरिक जो राजतन्त्र वा अन्य कुनै तन्त्रका नाममा अधिनायकवाद कायम नहोस् भन्ने चाहन्थे, उनीहरू परिवर्तनका लागि आ–आफ्नो पक्षबाट सक्रिय थिए। पछि जनआन्दोलन–१ का नामले चिनिएको २०४६–४७ सालको आन्दोलन जसको नेतृत्व सर्वमान्य नेता गणेशमान सिंहले गरेका थिए, साथमा वामपन्थी नेता पद्मरत्न तुलाधर उभिएका थिए, त्यस आन्दोलनका घरबेटी थिए पुष्करलाल श्रेष्ठ।

त्यसो त तीन दशक लामो सहकार्यमा यस पंक्तिकारले पुष्करलाललाई कुनै राजनीतिक दलको सदस्य वा कार्यकर्ता भएको पाएन। कुनै पार्टीको सदस्यता नलिने, त्यसो गर्दा पत्रकारिता पेसामा पक्षधरता देखिन्छ भन्ने हाम्रो विश्वास थियो। यद्यपि पत्रकारिताका साथै ४ सय पत्रकार र कर्मचारीलाई समेटेको कामना प्रकाशन समूह सञ्चालन गर्नुपर्ने खर्चिलो व्यवसायले उनलाई बारम्बार खरो परीक्षा लिइर≈यो, बाहिरबाट हेर्ने कतिले उनलाई कहिले कुनै राजनीतिक दल त कहिले राजाको नजिक पनि देखे, तर उनले राजनीतिक समूहको सिन्दुर लगाएनन्।

 

लोकतान्त्रिक व्यवस्थामा कुनै राजनीतिक दलको कार्यकर्ता बन्नु अस्वाभाविक होइन, पत्रकार र नागरिक समाजका लागि मतदानका समयमा राजनीतिक दल र नेतालाई पहिचान गर्नुबाहेक अरू बेला बाहिर रहनु नै सहज हुने विश्वास पुष्करलालको थियो। उनी मात्र होइन, उनको संयोजनमा रहेको कामना प्रकाशनको नेतृत्वमा रहेका हामी सबैमा यही विश्वास थियो। कामना, साधना, महानगर हुँदै नेपाल समाचारपत्रसम्म आइपुग्दा पनि यसका सम्पादक मण्डलमा रहेका साथीहरूले दलको कार्यकर्ता बन्ने र त्यसका आधारमा पक्षीय पत्रकारिता गर्ने व्यवहार देखाएनन्। त्यसो त दलका कार्यकर्तासमेत रहेका पत्रकारले प्रिन्ट लाइनमा उक्लने निकै प्रयास गरे, तर कामना प्रकाशनका संस्थापक तथा प्रधान सम्पादक रहेका पुष्करलालले ‘यस’ भनेनन्। यद्यपि पुष्करलाल बारम्बार भन्ने गर्थे– ‘कपिलजी, मैले नो भन्न नसकेर खुब दुःख पाएँ, म यस म्यान हुँ, त्यसैले मान्छेहरूले हेपे।’

उनले ‘यस म्यान’ भएर सबैतिर गुमाएकै मात्र चाहिँ होइन। उनले कामना प्रकाशन समूहलाई नेतृत्व गरिरहँदा केही ठूला प्रस्ताव पनि पाएका थिए। यसमध्ये दुईवटा त निकै ठूलै हुन्। अन्तिम राजा ज्ञानेन्द्रले उनलाई सञ्चारमन्त्री नै हुन प्रस्ताव गरेका थिए भने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेसनल ट्रेडिङ लिमिटेडका जीएम हुन प्रस्ताव गरेका थिए। तर उनले दुवैलाई एउटै जवाफ दिएका थिए– ‘म मिडियाकर्मी हुँ, यही नै मेरो घर हो। यसको समृद्धि नै मेरो सफलता हो, माछाले पानी छोडेर बाहिर बसेको देख्नुभएको छ र हजुर ⁄’

उनका छोरा दिरेकलालले फेसबुकमा भावपूर्ण स्टाटस लेखे, ‘भगवान्सँग मैले प्रार्थना गरेको थिएँ, बुबालाई पनि अनुरोध गरें, मेरो उमेरबाट १० वर्ष झिकेर लानुस्, तर कसैले सुनेनन् ।’

तीन दशक लामो सहयात्री भएका कारण यस पंक्तिकारसँग उनका स्मरणहरू कति छन् कति, दुःखका–सुखका। रमाइलो गर्दै नाचगान गरेका हुन् वा काट्छु, मार्छु भन्दै हतियार लिएर आएको सयौंको झुण्डसँग वादविवाद गर्दाका। विदेश यात्राका सन्दर्भ हुन् वा देशमै कतै घुमघाम गर्दाका। सँगै भोजन गर्दाका हुन् वा एकै अखबार ९महानगर० एकै दिन तीन एडिसनसम्म निकाल्दाका। प्रसंग अन्यत्र बरालिन सक्छ, त्यसैले घरबेटीसम्बन्धी प्रसंग प्रष्ट पारिहाल्नु बुद्धिमानी हुनेछ। जनआन्दोलन–१ मा पुष्करलालको भूमिकाले उनमा रहेको देशभक्तिपूर्ण उच्च मानसिकता र चिन्तन प्रष्ट पार्दछ। कुनै दलमा नलागेको व्यक्तिले राष्ट्रको सेवा गर्न सक्तैन भन्ने कसैमा भ्रम भए त्यसको निराकरण पनि गर्दछ।

 

वास्तवमा दलीय आबद्धता राज्य सञ्चालनसम्म पुग्नका लागि एक प्राविधिक पद्धति मात्र साबित हुन्छ। भोट पाउन कुनै दलमा आबद्ध हुनै प¥यो, कसले सरकार बनाउने भन्दा अमुक नामको पार्टीले बढी भोट ल्याएका कारण उसैले भन्नै प¥यो। अझ पछिल्लो समयमा आएर त राजनीतिक नियुक्तिका कुनै पनि पद दलका कार्यकर्ता नभएका कुनै पत्रकारले पाएको देखिँदैन। दलबाहिर उभिने पत्रकारले राजनीतिक नियुक्तिको अवसरका लागि अनुरोध नगरेका होइनन्। लेबी तिर्ने कार्यकर्ताकै पालो नपुगिरहेका बेला स्वतन्त्र पत्रकारलाई सायद नेताहरूले चाहे पनि अवसर दिन सक्तैनन्, सकेको देखिन्न। संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको मुलुकमा सिर्जना भएको पछिल्लो यस दृश्यलाई देख्दा पुष्करलाल र उनको समूहले ४० को दशकमै लिएको बाटो सही साबित हुन्छ।

 

राजनीतिक दल र नेताको निगाहमा जिउनका लागि उर्वर युवाकालदेखि नै मुण्डन किन गर्ने रु राजनीतिक नियुक्तिका राजस्वबाट सुविधा लिने कुनै पद नपाइकनै पुष्करलाल श्रेष्ठले ६१ वर्षको अल्पायुमै जीवन अन्त्य गरे पनि उनको श्रद्धामा निहुरिने शिरहरू कम भए र रु बरु एक राजनीतिक दलका कार्यकर्ताबाट घेरिएर दागबत्ती लिनुभन्दा आम नागरिक समाजको बीचमा अग्निदाह स्वीकार गर्नु बढी सम्मानको विषय होइन र रु धन्यवाद पुष्कर, तिमीले हामी सबैलाई सद्मार्ग देखायौ।

उनी जनआन्दोलन–१ का घरबेटी हुँदा उनको घर काठमाडौं गणेशस्थानभन्दा एक मिनेट दक्षिणमा रहेको अट्कोनारायण स्थानमा थियो। उनको घरको भुइँतलामा कामना मासिक पत्रिकाको कार्यालय थियो।
यो पंक्तिकार २०४४ सालमा नेपाल प्रेस इन्स्टिच्युटको तेस्रो ब्याचको प्रशिक्षार्थी पत्रकारका रूपमा त्यहाँ प्रवेश गरेको हो। कामना प्रकाशनको कार्यालयमै भएका थिए पहिलो जनआन्दोलनका अनेक रणनीतिक बैठक। पुष्करलालका मिल्ने साथी थिए नवीन चित्रकार। पछि कविका रूपमा पनि नाम कमाएका उनी नेपाली कांग्रेससँग नजिक थिए। पुष्करलाल श्रेष्ठका प्रजातन्त्रवादी र वामपन्थी दुवै खेमाका साथी थिए। नवीन र पुष्करको पहलमा कामनाको अफिसमा भएका बैठकको साक्षी बन्ने अवसर यस पंक्तिकारले पनि पायो। यी सबै बैठकपछि गएर ऐतिहासिक जनआन्दोलन पहिलोका कोसेढुंगा सावित भए।
तीमध्ये कति बैठकमा नेपाल प्रेस इन्स्टिच्युटमा यसका तालिम संयोजक रहेका पत्रकार शरच्चन्द्र वस्तीको पनि सहभागिता रहन्थ्यो। वस्तीले पछिसम्म कामना मासिकको भाषा सम्पादन पनि गरे। उनको भाषागत दक्षताबाट प्रभावित भएर यस पंक्तिकारले उनलाई सम्पादक बनाएर साधना मासिक चलाउने प्रस्ताव ग¥यो। छिमेकी मुलुक भारतबाट प्रकाशित सरिता, सर्वोत्तम र रिडर डाइजेस्टबाट प्रभावित भएर यी दुवैको बीचधारमा उभिने गरी पत्रिका चलाउने हो भने नेपालमा खोजमूलक पत्रकारिताले बजार पाउँछ भन्ने यसको विश्वास थियो। त्यसमाथि सिर्जनशील पुष्कर सरको विचार, वस्ती सरको सम्पादन भएपछि सामग्री जुटाउने यो पंक्तिकार छँदै थियो।
शुरूमा वस्ती सर तयार भए पनि पछि प्राविधिक कारणले प्रजातान्त्रिक अभियानलाई नै सघाउने हिसाबले नेपाल महिला संघकी अध्यक्ष मंगलादेवी सिंहका साथ काम गर्न जाने भए। पुष्कर सरले यस पंक्तिकारलाई साधना तपाईंकै विचार हो, तपाईं नै सम्पादक बन्नुस्, पत्रिकाको सफलताको सम्भावना मैले पनि देखेको छु भने। कामना प्रकाशन समूहमा साधना मासिकबाट संस्थापक सम्पादक बन्ने मेरो क्रम शुरू भयो। कामना सिने मासिकमा संवाददाता हुन आएको म तीन वर्ष बित्ता–नबित्तै सम्पादक बनें। २०१५ सालमा जन्मिएका पुष्कर सर, म १७ सालको, सायद उनले ३० वर्षको आफूजस्तै युवाले राम्रै गर्छ भन्ने संकेत देखे। यसरी हेर्दा पुष्करलाल मेरो करियर निर्माता पनि हुन्। पछि महानगर र नेपाल समाचारपत्र ९पहिलाको नाम आजको समाचारपत्र० का लागि पनि उनले मलाई नै सम्पादक बन्ने अवसर प्रदान गरे।
पहिलो चरणमा २०६१ सालसम्म हामीले सहयात्रा ग¥यौं। यहींनिर संस्थागतरूपमा समयले हामीलाई छुट्यायो, तर हाम्रो मन छुट्टिएन। म फेरि पछि दुई वर्षका लागि नेपाल समाचारपत्रमा संलग्न भएँ। उनको सिर्जनशीलता, सादा जीवन, सहयोगी व्यवहार, पत्रकार तथा कर्मचारीसँगको न्यानो पारिवारिक सम्बन्ध, कुशल संयोजन र हँसाउने शैली कतै केही परिवर्तन थिएन। तर, ७० को दशक लाग्नुअघि नै सुगरले उनलाई समाइसकेको थियो।
निरन्तर ब्याडमिन्टन खेल्ने, भोजनको अनुशासन पालन गर्ने भएका कारण सुगर पूर्णतः नियन्त्रणमा रहेको थियो। पछि रुघाजस्तो समस्याले नाकको र मृगौलाको पत्थरीको ब्युक्रस हस्पिटल त्रिपुरेश्वरमा गरेको अपरेसनले भने उनलाई कमजोर बनायो। २०७५ सालको उत्तराद्र्धदेखि बिरामी परेका उनले २०७६ सालको शुभकामना आदान–प्रदान गर्न सकेनन्। नयाँ वर्षको चारौं दिन उनको अन्तिम दिन बन्न पुग्यो। उनका छोरा दिरेकलालले फेसबुकमा भावपूर्ण स्टाटस लेखे, ‘भगवान्सँग मैले प्रार्थना गरेको थिएँ, बुबालाई पनि अनुरोध गरें, मेरो उमेरबाट १० वर्ष झिकेर लानुस्, तर कसैले सुनेनन्, शुभचिन्तकहरूले पनि चमत्कार होस्, बुबाको जीवन फर्कियोस् भनेर पुकार गरे, तर केही लागेन, उहाँले हामीलाई सदाका लागि छोडेर जानुभयो।’
उफ्, कसका आँखा सजल नहोलान् अल्पायुमा दिवंगत बाबुका लागि छोराको यो भावना पढेर। जिन्दगीभर मेहनत गरेर, छोराहरूलाई योग्य बनाएर, व्यापार–व्यवसायलाई खडा गरेर, सबै पूर्वाधार तयार भएपछि दुःखको मानो अभिभावकत्व पूरा गर्दै बसेर खाने बेलामा जीवन समाप्त भएको घोषणा गर्नुपर्ने। तर, उनको शरीर मात्र समाप्त भएको हो, जीवन अझै बाँकी छ। उनले शुरू गरेको कामना प्रकाशन समूह र व्यावसायिक पत्रकारिताको वृक्ष उनको जीवन हो। उनले पहिलो जनआन्दोलनमा खेलेको भूमिका मात्र होइन, प्रेस स्वतन्त्रताका लागि उठाएको आवाज र यस्ता अनेकौं क्षेत्रमा खेलेको भूमिकाले उनलाई अमर बनाएको छ।
पहिलो जनआन्दोलनकै कुरा गर्दा, जब अट्कोनारायणस्थानमा चरणबद्ध बैठक भए, तब निष्कर्षमा प्रजातन्त्रवादी र वामपन्थी समूहका बीच मोर्चाबन्दी गराएर आन्दोलन अघि बढाउन गणेशमान सिंह र पद्मरत्न तुलाधरका बीच संयुक्त बैठक गराउने सहमति भयो। अरू साथीहरूका साथ नवीन र पुष्करले दुवै नेतालाई बारम्बार एक्लाएक्लै भेटेर तयार बनाए। काठमाडौंको बागबजारस्थित नेपाली कांग्रेसका नेता श्रीराम श्रेष्ठको घरमा बैठक डाकियो, सिंह र तुलाधर दुवै सहभागी भए। बैठकले आन्दोलन अघि बढाउने निर्णय लियो।
आन्दोलनको स्वरूप र रणनीति तयारबारे अझ प्रष्ट हुन पछि शिक्षाविद् सूर्यबहादुर शाक्यको घरमा बैठक बस्यो। यही बैठकले गणेशमान सिंहलाई सर्वोच्च नेता स्वीकार गरी जनआन्दोलनको नेतृत्व लिन अनुरोध गरेको र उनले स्वीकार गर्दै आफ्नो दायित्व पूरा गरेको नवीन चित्रकार यस पंक्तिकारलाई जानकारी गराउँछन्। यस आन्दोलनका घरबेटी पुष्करलाई गणेशमान र पद्मरत्न दुवै यसकारण पनि मन पराउँथे कि उनी नयाँ–नयाँ उपाय निकाल्न माहिर थिए। उनले आन्दोलनका क्रममा यस्ता–यस्ता प्रभावशाली उपाय प्रस्ताव गरे कि आन्दोलनले तुरुन्तै उचाइ हासिल ग¥यो। निजामती कर्मचारीलाई सडकमा उतार्न उनले संचयकोष र बैंकको पैसा निकालेर राजाले आन्दोलन दबाउँदै छन््, उनी देश छोडेर भाग्दै छन्, बैंकहरू टाट पल्टिँदै छन् भनेर हल्ला फिँजाउने सुझाव दिए।
साँझमा बत्ती निभाएर राजधानीको गुजुमुज्ज बस्तीमा प्रहरीलाई आतंकित बनाउँदै आन्दोलन सफल बनाउने उपाय पनि उनकै थियो। उनी हामीसँग भन्ने गर्थे, ‘बैंकहरू टाट पल्टिँदै छन्, छिटो पैसा निकालौं भन्ने कार्यक्रम यति सफल भयो कि आन्दोलनको तयारी बैठकमा सहभागी साथीहरू पनि आफ्नो पैसा निकाल्न लाइनमा बस्न थाले।’ यसरी लाइनमा बस्ने एकजना साथीलाई उनले मेरै अगाडि भने पनि– ‘हामीले नै यो हल्लाका लागि मात्र जनतालाई आन्दोलित बनाउन गरेको कल्पना होइन र रु’ ती साथीको जवाफ थियो– ‘आफ्नो जम्मा यही ५० हजार रुपियाँ पूजी छ, सबै जना बैंक टाट पल्टिँदै छ भनेर लाइनमा बसेका छन्, बैंकमा ठूला दरका नोट सकिएर एक र दुई रुपियाँका नोट पनि मानिसले बोरामा हालेर लैजाँदै छन् ⁄’ यस प्रतिक्रियाले आन्दोलन सफल बनाउन निकालिएका उपायको प्रभावकारिता प्रष्ट हुन्थ्यो।
नेपाली पत्रकारिताका विद्यार्थीले पुष्करलाल श्रेष्ठलाई जुन दृष्टिकोणले इतिहास पढे पनि स्मरण गर्नैपर्छ। कामना प्रकाशन समूह भनेको गोरखापत्र संस्थानजस्तै ऐतिहासिक शिखर हो। १ सय १८ वर्ष लामो इतिहास भएको गोरखापत्रसँग चार दशक पनि आयु नपुगेको कामना प्रकाशनको कसरी तुलना हुन सक्छ भन्ने जिज्ञासा सबैलाई हुन सक्छ। तर, सरकारी क्षेत्रमा निरन्तर लामो सेवा गर्ने जेठो संस्था कुन हो भनेर गरिने प्रश्नको जवाफ र निजी क्षेत्रको पत्रकारितामा सर्वाधिक लामो निरन्तर सेवा गर्ने संस्थाको नाम कुन हो भनेर गरिने प्रश्नको जवाफले दुई क्षेत्रका दुई शिखरको समानता पुष्टि गर्दछ।
कामना प्रकाशनको नाम लिनासाथ यसका संस्थापकको नाम लिनैपर्छ। यसबाहेक ४० को दशक नेपाली प्रेस जगत्मा अरू विविध कारणले पनि महŒवपूर्ण छ। नेपाल टेलिभिजन र नेपाल प्रेस इन्स्टिच्युट पनि कामना प्रकाशन समूह सँगसँगै स्थापना भएका हुन्। छिमेकी भारतमा दूरदर्शन टेलिभिजन शुरू भएको १० वर्षपछि नेपालमा शुरू भएको टेलिभिजनलाई पनि कलासम्बन्धी पत्रकारिता गर्ने कामनाले अभिप्रेरित ग¥यो। नेपाल टेलिभिजनका टेलिशृंखलामा सहभागी कलाकार हुन् या त्यहाँका कार्यक्रमहरू, त्यसलाई हेर्ने र अनुगमन गर्ने कोही छ भन्ने बोधका लागि पनि पुष्करलालजस्ता कलाप्रेमी तथा सिर्जनशील मनस्थितिका व्यक्ति प्रकट हुनु आवश्यक थियो। छिमेकी भारतका चलचित्रका दर्शक बन्ने नेपालीलाई आफ्नै मुलुकमा बनेका चलचित्र हेर्न ६ महिना, वर्षदिन कुर्नुपर्ने बेलामा यस क्षेत्रलाई प्रोत्साहन गर्नका लागि कामनाको जन्म हुनैपथ्र्यो।
गोपालदास पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसकेका पुष्करलाललाई नेपाली भाषाको प्रवद्र्धनका लागि पनि पुरस्कृत गर्नुपर्छ भन्ने यस पंक्तिकारको राय छ। पुष्करलाल जहाँ हुर्के, बढे त्यो क्षेत्र नेवारी भाषाभाषीको गढ हो। धर्मादित्य धर्माचार्यले नेपाल भाषाको पहिलो पत्रकार बनेर २०२० सम्म नेवारी भाषामा पत्रकारिता गरेको इतिहासका कारणले मात्र होइन, पुष्करलालले दाइ भनेर सम्मान गरेका कृष्णसुन्दर मल्लले इनाप ९अपिल० नेवारी भाषामा प्रकाशित गरेको देख्दादेख्दै नेपाली भाषामा पत्रकारिता शुरू गर्नु उनको यस भाषाप्रतिको विशेष सम्मानको प्रमाण हो।
नेपाली मातृभाषा भएको र यसमा मात्र निपुणता भएको व्यक्तिले नेपाली भाषामै पत्रकारिता गर्नु सामान्य विषय हो भने पुष्करलालले नेपाली भाषामा कलम चलाउनु थप सम्मानको विषय हो। यो पंक्तिकार साक्षी छ, उनलाई नेपाली भाषामा कलम चलाएका कारण उनका कतिपय निकटस्थले नै कटाक्ष गर्थे। आफूले जति बढी समुदायलाई सेवा गर्न सकिन्छ त्यति राम्रो हो। नेपाल भाषामा पत्रकारिता गर्नु राम्रो हो, तर नेवारी कला संस्कृति र अवधारणा नेपाल भाषा नबुझ्नेलाई बुझाउन नेपाली भाषामै कलम चलाउनुपर्छ भनेर उनले जवाफ दिएपछि कटाक्षवालाहरू चुप लाग्थे। खासमा उनका पिताजी समाजसेवी भरतलाल श्रेष्ठको नैतिक तथा आत्मिक सहयोगले यस्ता निर्णयमा पुष्करलाललाई धेरै सघाएको पंक्तिकारले अनुभव गरेको छ।
घुँडामा चोट नलागेको भए सायद पुष्करले फुटबल र ब्याडमिन्टन खेलबाटै देशको सेवा गर्थे। समयले उनलाई खेलको प्रतिस्पर्धामा जान नसक्ने के बनाएको थियो, उनले तत्काल प्रतिभा प्रस्फुटनको अर्को बाटो खोजिहाले। मनोरञ्जन पत्रिकाबाट शुरू भएको उनको पत्रकारिता यात्राले मूलधारको ब्रोडसिटसम्मको यात्रा पूरा ग¥यो। काठे ब्लकबाट मनोरञ्जन दिन तयार उनका लागि अफसेट प्रविधि उत्साहको विषय थियो। २०४८ देखि साधना, २०४९ मा महानगर सन्ध्याकालीन दैनिक र २०५२ देखि नेपाल समाचारपत्र ९पहिलाको नाम आजको समाचारपत्र० दैनिकका प्रकाशक तथा प्रधान सम्पादक रहेका पुष्करलालको व्यावसायिक जीवन बुझ्न उनको ‘कलम’ नामक पुस्तक पढ्नुपर्छ।
यो कस्तो संयोग ⁄ प्रेस स्वतन्त्रताप्रति अनुदार रोनाल्ड रेगनले अमेरिकामा शासन गरिरहँदा नेपालमा पत्रकारिता शुरू गरेका पुष्करलाल अर्का अनुदार शासक डोनाल्ड ट्रम्प राष्ट्रपति भएका भेला दिवंगत भएका छन्। यसबेला नेपालको पत्रकारिता भने ‘साइबर ल’ का कारण त्रसित बनेको छ। अनलाइन पत्रकारिता नै मूलधार बन्न लागेका बेला अबको प्रेस स्वतन्त्रताको आन्दोलनमा सिर्जनशील पुष्करलाल हामीसँग हुने छैनन्

प्रतिक्रिया दिनुहोस्