व्यावसायिक पत्रकारिताका कर्मयोगी



पी खरेल
वरिष्ठ पत्रकार
स्व। पुष्करलाल श्रेष्ठको चौंतीस वर्षसम्म निरन्तर प्रधान सम्पादकको भूमिका प्रभावकारी र≈यो। कामना प्रकाशनका प्रमुख तथा मुख्य सम्पादक दुवैको दायित्व यति लामो अवधिसम्म सम्हाल्न सक्नुमा उहाँको यस पेसाप्रतिको रुचि र लगनशीलता नै हो।

प्रकाशन तथा सम्पादकको भूमिका एकैसाथ सम्हाल्नेले निकै जोखिम उठाएको हुन्छ। कुनै पनि ठूलो सञ्चार गृहको माग र दायित्व दुवैले अत्यधिक जिम्मेवारी खोजेका हुन्छन्। झन् ठूलो आकारको नेपाल समाचारपत्र दैनिक तथा दुई वटा मासिक प्रकाशन, कामना र साधना, सम्हाल्नु जो कोहीले सक्दैन। नाम चलेका दैनिकमध्येका अग्रणीबीच यी दुवै भूमिका एकसाथ निभाउनेमा उहाँकै नाम अगाडि आउँछ। वास्तवमा अर्कोे एउटा मात्र ठूलो प्रकाशन गृहको प्रकाशक–सम्पादक एकै व्यक्ति पाइन्छ। व्यावसायिक वर्षका वरिष्ठतामा श्रेष्ठ नै अगाडि रहेको इतिहास कायम छ।

विगत तीन दशकलाई हेर्ने हो भने, नेपाली प्रेसको संख्यात्मक प्रगतिले ठूलो फड्को लिएको छ। अखबार, रेडियो तथा टेलिभिजन च्यानलका संख्यामा अधिक वृद्धि भएको छ। यस्तो प्रतिस्पर्धी वातावरणमा विशुद्ध पत्रकारितामा मात्र आबद्ध लगानीकर्ताको विशेष स्थान हुन्छ, जुन स्व। श्रेष्ठको र≈योे।

एकै विधामा अड्ने गृहको ध्यान साधारणतया बढी एकीकृत हुन्छ। जस्तैः छापा माध्यममा केन्द्रित सञ्चार गृहभन्दा छापाका साथ प्रशारण माध्यममा आबद्ध समूहको व्यावसायिक अभ्यास पातलिन सक्ने चुनौती आउँछ। स्व। श्रेष्ठको सरल, निर्भीक र व्यवसायप्रतिको झुकावको पहिचान उल्लेखनीय छ। आम पाठकले उहाँसँग आफ्ना कुरा राख्ने अवसर र पहुँच दुवै सजिलो भएको महसुस गरिएकै हो। व्यापारभन्दा पत्रकारितामा जोड दिइने उदाहरणमा श्रेष्ठको टड्कारो छाप छ।

कामना सिने पत्रिकाको उदय सन् १९८४ मा हुँदा, म साह्रै प्रभावित भएँ। न्युजप्रिन्टमा छापिएको सो मनोरञ्जन प्रदान अखबारले पहिलो अंकमा नै पाठकको ध्यान अत्यधिक आकर्षित ग¥यो। त्यसको लेआउट डिजाइन, नवीन फोटो प्रयोग तथा स्टेज र स्क्रिनसँग आबद्ध विभिन्न व्यक्ति, घटना र विकासक्रमका सामग्रीले हलचल मच्चायो। साप्ताहिक र पाक्षिक कुनै पनि प्रकाशन यसरी जम्न सकेको इतिहास थिएन। दुई/तीनवटा मासिक प्रकाशन देखिएका त थिए, तर तिनका प्रकाशकहरूले निरन्तरता दिन सकेनन्।

यसरी २०४१ देखि अविछिन्नरूपमा प्रकाशक तथा प्रधान सम्पादक दुवै जिम्मेवारी लिएर खट्नुभएको श्रेष्ठका लेखहरू उम्दाका थिए ।
कामनाका अंकहरू एकपछि एक गर्दै पाठकसमक्ष बिट मार्न सफल रहे। सफलताका शृङ्खलामा पटक–पटक त्यसका पत्रकार तथा कर्मचारीले रामै्र वार्षिक बोनस पाएका थिए। श्रेष्ठले नवीन कार्यमा हात हाल्ने आँट राख्नुको कारण कामना म्यागजिनमा परिणत भयो। चिल्लो कागज, मनोरञ्जन क्षेत्रको विविध गतिविधि तथा आकर्षक शैली, प्रस्तुति र प्राविधिक पक्षबाट सो प्रकाशनले आफ्नो क्षेत्रमा निर्वाध प्रथम स्थान ओगट्दै आएको तथ्य जगजाहेर छ।
वास्तवमा कामना खबर पत्रिकाले नेपाली चलचित्र तथा अन्य मनोरञ्जन पक्षलाई पु¥याउँदै आएको यति महŒवपूर्ण छापका साथ व्यावसायिक सफलता हासिल अन्य कुनै नेपाली खबर पत्रिकाले गरेको छैन। यस्तो योगदान न चलचित्र क्षेत्रले बिर्सन सक्छ न त आम पाठकले नै। आफू अन्य व्यापारबाट नआएकाले होला, पत्रकारिताको पाटोलाई श्रेष्ठले जोड दिएको मननीय पक्ष हो। कामनाका शुरूका दुई दशकका सहकर्मीहरू साथ उहाँले बिताएका क्षणको सम्झना गर्दै उहाँ आनन्दित भएको मैले पटक–पटक महसुस गरेको छु।

महानगर सन्ध्याकालीन दैनिक अर्को आँटिलो कदम थियो। यस फाँटमा पनि महानगरले विशेष स्थान पाएकै हो। त्यसपछि अन्य कैयौं सन्ध्याकालीन प्रकाशन उत्रिए, तर महानगरलाई कसैले उछिन्न सकेनन्। पछि एफएम रेडियो र टेलिभिजन च्यानलका प्रवेश र विस्तारका कारण सन्ध्याकालीन दैनिक युगको अन्त्य भयो। तर, नेपाल समाचारपत्रले प्रवेश गर्दा केही अन्य ठूला दैनिक स्थापित भइसकेका थिए। अहिले बजारमा चलेका धेरै त आउने क्रम शुरू भएकै थिएन। तीव्र प्रतिस्पर्धाका बीच सीमित लगानीबाट असीमित व्यापार उन्मुख नहुनु व्यवसायिकताको महŒवपूर्ण पाटो नै हो।

साधना मासिकले पनि स्वास्थ्य क्षेत्रमा केन्द्रित रहेर साह्रै महŒवपूर्ण योगदान पु¥याएको छ। यो स्व। श्रेष्ठबाट विशिष्टीकृत पत्रकारिताको अर्को उदाहरण हो। धेरै राष्ट्रमा छापा पत्रकारितामा शिथिलता आएको एक दशकजति भएको छ। घर–घरमा व्यक्ति–व्यक्तिको सरल, सस्तो र उपयुक्त प्रविधिमार्फत प्रशारण तथा अनलाइन सामग्रीमा पहुँच बन्नुले पाठक अन्य माध्यममा आप्रवासी बन्न पुग्छन्। कामना गृहका सामग्री समग्रमा पठनीय र खास–खास पाठकवर्गबीच विशेष स्थान र स्नेह आर्जन गर्न सफल छन्। विशिष्टीकृत पत्रकारिताका लागि दिगो जग बसाल्न सक्नुमा स्व। श्रेष्ठको योगदान यस क्षेत्र, लक्षित पाठक तथा आम जनमासमा प्रशंसनीय पाटो बनेको छ।

प्रकाशनकै लागि भनेर पूर्वयोजना बनाएर कार्यालय गृह निर्माण गरेर नेपाल समाचारपत्रसहित कामना, साधना र महानगर एकै छानामुनिबाट सञ्चालन गरेर त्यतिका प्रकाशन गर्ने पहिलो प्रकाशकको श्रेय उहाँमा जान्छ। उहाँलाई विविधता, बहुलवादी विचार तथा सामाजिक कार्यबाट प्रेरित पत्रकारिताको हिमायती भन्नुमा युक्तिसंगत हुन्छ। सबै दल र नेता, सबै आन्दोलन र राजनीतिक विचार र प्रयोगका समाचार विश्लेषण दिन पछि कहिल्यै नपर्ने परिचय उहाँको र≈यो।

नेपाल समाचारपत्रको ग्राहक संख्या काठमाडौं उपत्यकामा विशेष भएको बुझिन्छ। यसलाई विचारको साझा मञ्च बनाउने स्व। श्रेष्ठको जोड प्रशंसनीय छ। पूर्वराजपरिवारको गतिविधिलाई उचित स्थान दिन पछि पर्नुभएन भने नेपाली कांग्रेस, एमाले, माओवादी, मधेसवादी दलहरू र राप्रपाका गतिविधिलाई आवश्यक स्थान दिनु नेपाली परिप्रेक्ष्यमा उल्लेखनीय मान्नुपर्दछ। व्यक्ति विशेष वा कुनै खास दल तथा संस्थालाई बहिस्कार गर्नेजस्तो अव्यावसायिक कार्य स्व। श्रेष्ठबाट कहिल्यै भएन।

प्रत्येक २–३ महिनामा उहाँसँग यस लेखकको पत्रकारिता जगत्बारे छलफल गर्ने र सूचना साटासाट हुने गरेको २० वर्ष नाघेको थियो। उहाँको कलम नामक किताबले पत्रकारिता क्षेत्रको अनुभव साह्रै सरल र स्पष्टरूपमा राखेकाले नै होला, त्यसको बिक्री बेजोड रहेको छ। कामना प्रकाशन गृहबाट विगत ३० वर्षयता सर्वाधिक बिक्री भएको ‘जंगबहादुर’ जम्नुमा पनि उहाँको व्यवस्थापकीय तथा सामग्री छनोटको खुबी मान्नुपर्छ।

यसरी २०४१ देखि अविछिन्नरूपमा प्रकाशक तथा प्रधान सम्पादक दुवै जिम्मेवारी लिएर खट्नुभएको श्रेष्ठका लेखहरू उम्दाका थिए। उहाँले जस्तो तथ्य, तर्क र विश्लेषण शैली र शब्दचयन गर्न सक्ने सम्पादक पछिल्लो ३० वर्षको नेपाली दैनिक पत्रकारितामा अन्य १–२ जना मात्र देखेको छु।

स्व। श्रेष्ठले प्रारम्भ गरेको यात्रा र पदचि≈नबाट वर्तमान तथा भावी पिँढी दुवैले सिक्न र अनुशरण गर्न सकेमा पत्रकारिता क्षेत्रको स्तरोन्नतिमा थप योगदान पुग्नेछ। आखिर, स्व. श्रेष्ठ शुरूदेखि अन्तिम क्षणसम्म कर्मयोगी
 नै रहनुभयो।

प्रतिक्रिया दिनुहोस्