गोरखाको पुनर्निर्माण ७४ प्रतिशत



नेपाल समाचारपत्र, गोरखा
भूकम्प गएको चार वर्ष पुरा भएको छ ।२०७२ वैशाख १२ गते गोरखा वारपाक केन्द्र विन्दु भएर गएको भूकम्पले विशेषत १४ जिल्लाका संरचना तहस नहस बनायो । धर्ति हल्लिएर भएको मानविय क्षति र विल्लिपाठ भने अझै गोर्खालीको मानसपटल बाट हट्न सकेको छैन ।
बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टरको भूकम्प र त्यसपछिका पराकम्पनले आतंकित बनेकाहरुको जीवनस्तर विस्तारै बदलिँदै छ । भूकम्पको पहिलो वर्ष राहत र उद्घारमै समय गुज्रीएपनि त्यसपछिका वर्षलाई पुननिर्माण वर्षको रुपमा लिइयो । जिल्लाको पुिननिर्माणको गति भने प्रयाप्त छैन । क्षति पुगेका संरचना विस्तारै उठ्दै छ ।

जिल्लाको ११ स्थानीय तह मध्ये बारपाक सुलिकोट गाउँपालिका नीजि आवास पुननिर्माणमा सबै भन्दा अगाडि देखिएको छ । भुकम्पको केन्द्र विन्दु समेत रहेको उत्त गाउँपालिकाम हाल सम्म ८६ प्रतिशत नीजि आवास पुननिर्माण सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय)को तथ्याङकमा उल्लेख छ । ७ सात हजार २ सय लाभग्राहीमध्ये ६ हजार १ सय ५० जनाले घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ता लगेका छन् ।

यस्तै गण्डकी गाउँपालिका नीजि आवास पुननिर्माणमा सबै भन्दा पछाडी छ । उत्त गाउँपालिकामा हाल सम्म ५२ प्रतिशत मात्र नीजि आवास पुननिमार्ण सकिएको छ । पाँच हजार छ सय १९ लाभग्राही मध्ये दुइ हजार नौ सय ५३ जनाले तेस्रो किस्ता लिएका छन् । ८१ प्रतिशत निजी आवास पुननिर्माण सम्पन्न गरेकोअजिरकोट गाउँपालिका दोस्रो स्थानमा देखिएको छ । कुल ४ हजार १ सय २६ लाभग्राही मध्ये तीन हजार तीन सय ७५ जनाले तेस्रो किस्ता लगेका छन् । आरुघाट गाउँपालिकाले ७६ प्रतिशत पुननिर्माण सम्पन्न भएको छ । कुल छ हजार नौ सय २४ लाभग्राही मध्ये पाँच हजार दुई सय ७५ जनाले तेस्रो किस्ता प्राप्त गरेका छन् । भिमसेन थापा गाउँपालिकाले ७३ प्रतिशत पुननिर्माण सम्पन्न भएको छ । ६ हजार ८ सय ३५ लाभग्राही मध्ये चार हजार नौ सय ९२ ले नीजि आवास सम्पन्न गरेको छ । गोरखा नगरपालिका ७२ प्रतिशत नीजि आवास पुननिर्माण सम्पन्न भएको इकाइको तथ्याङ्कमा उल्लेख छ ।

कुल १० हजार एक सय ६१ लाभग्राही रहेको गोरखा नगरपालिकामा सात हजार तीन सय ५७ जनाले तेस्रो किस्ता लगेका छन् । सिरानचोक गाउँपालिकाले ६८ प्रतिशत पुननिर्माण सम्पन्न भएको छ । कुल छ हजार आठ सय ३३ लाभग्राही मध्ये चार हजार छ सय ७७ जनाले तेस्रो किस्ता पाएका छन् । धार्चे गाउँपालिकाले ६७ प्रतिशत पुननिर्माण सम्पन्न गरेको छ । चार हजार एक सय ६९ लाभग्राही मध्ये दुई हजार ७ सय ९९ जनाले नीजि आवास सम्पन्न गरेर तेस्रो किस्ता प्राप्त गरेका छन् । यस्तै सहिद लखन गाउँपालिकाले ६४ प्रतिशत पुननिर्माण सम्पन्न गरेको छ । कुल सात हजार ६५ लाभग्राही मध्ये चार हजार पाँच सय ८३ जनाले तेस्रो किस्ता लगेका छन् ।

गोरखा उत्तरी क्षेत्रका दुर्गम गाउँपालिका चुमनुव्री गाउँपालिकाले ६३ प्रतिशत पुननिर्माण सम्पन्न गरेका छ । लाभग्राही दुई हजार दुई सय ७५ छन् । जस मध्ये हाल सम्म एक हजार चार सय ४९ जनाले तेस्रो किस्ता लगिसकेका छन् । पालुङटार नगरपालिकाले ५५ र गण्डकी गाउँपालिकाले ५२ प्रतिशत नीजि आवास पुननिर्माण सम्पन्न भएको छ । पालुङटार नगरपाकिाका नौ हजार सात सय ९८ लाभग्राही मध्ये ५ हजार चार सय ६० जनाले तेस्रो किस्ता लगेको राष्ट्रिय पुननिर्माण प्राधिरकण जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख रामशरण आचार्यले बताए ।

समग्रमा जिल्ला भर जिल्लाको हाल सम्म करिब ७४.७० प्रतिशत नीजि आवास पुननिर्माणको काम सम्पन्न भएको प्राधिकरणको जनाएको छ । रेट्रोफिटिङका लागि पाँच हजार तीन सय १९ जनाले नाम सूचिकत भएको इकाइले जनाएको छ । उनीहरुले मध्ये केहिले पूर्ण लाभग्राहीमा नाम समावेश हुनुपर्ने भन्दै पुनरावेदन गरेका हुन ।

२२ जनाको किस्ता फिर्ता
पहिलो किस्ताकाको रकम बुझेर घर नबनाउने २२ जनाले किस्ता फिर्ता गरेका छन् । लाभग्राही सुचीमा नाम समाबेश भएर सम्झौता गर्न नआएका भुकम्प पीडितलाई खोजी गर्न स्थानीय तहलाई भनिएको इकाइका प्रमुख रामशरण आचार्यले बताए ।

२६२ लाई लाभग्राही सुचिबाट हटाउन सिफारिस
दोहोरिएका र मृत्यु भएका दुई सय ६२ लाई लाभग्राही सुचिबाट हटाउन जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइको कार्यालयले सिफारीस गरेको छ । सबै स्थानीय तहमा दोहोरिएको प्रमाणित भएकालाई लाभग्राहीबाट हटाउन सिफारीस गरिएको आचार्यले जानकारी दिए ।

समग्रमा केन्द्र विन्द्र जिल्लामा कुल ७१ हजार ५ लााभग्राही मध्ये ६५ हजार छ सय ६८ जनाले मत्र अनुदान सम्झौता गरेका छन् । ति मध्ये हाल सम्म ४९ हजार ७० घर निर्माण सम्पन्न गरी तेस्रो किस्ताको तीन लाख लगेको राष्ट्रिय इकाइले जनाएको छ । ५७ हजार नौ सय आठ लाभग्राहीले दोस्रो किस्ता र ६४ हजार सात सय ३ तिन लाभग्राहीले पहिलो किस्ता लगेको पुननिर्माण प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्