कारखानामा विस्फोट



लन्डन,(एजेन्सी)
संयुक्त अधिराज्य स्थित टाटा कम्पनीको सबैभन्दा ठूलो स्टिल उत्पादन कारखानामा शनिवार बिहान सवेरै भएके शक्तिशाली विस्फोटनपछि शुरु भएकोआगलागिमा दुईजना कामदार घाइते भएको प्रहरीले जनाएको छ । पोर्ट टाल्वोटमा रहेको सो कारखाना नजिकका वासिन्दाहरुले स्थानयि समय अनुसार बिहान साढे तीन बजे भयानक विस्फोट सुनेको बताएका छन् ।

सामाजिक संजालमा राखिएका तस्वीर रफुटेजहरुमा कारखानाबाट धुँवा र आगोको मुश्लो निस्किरहेको देखिन्छ । टाटा स्टिलले पग्लेको धातु बोकको ट्रेनमा विस्फोट भएके जनाएको छ । साथै सामान्य घाइते भएका कामदारको उपचार भएके बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्