बलिउडको प्रेम जोडिँदै टुक्रिँदै



anushka sharma

बलिउड फिल्म क्षेत्रमा कसैको अफेयर हुनु र ब्रेकअप हुनु सामान्य हो। शुरुआतदेखि नै चलेको यो चलनमा हालसम्म पनि कुनै परिवर्तन भएको देखिन्न।
कुन बेला कुन अभिनेता अभिनेत्रीको प्रेम सम्बन्ध जोडिन्छ र टुट्छ कुनै ठेगान हुँदैन। बलिउडमा त्यस्ता धेरै अभिनेता तथा अभिनेत्री छन्, जसको नाम कैयौं अभिनेता वा अभिनेत्रीसँग जोडिएका छन्। यहाँ केही बलिउड अभिनेत्रीको फरक अभिनेतासँग रहेको प्रेम सम्बन्धबारे प्रस्तुत गरिएको छ ः

प्रियंका चोपडा
हुन त बलिउड तथा हलिउडमा पनि छाउन सफल अभिनेत्री प्रियंका चोपडा विवाहित हुन्। केही समयको प्रेम सम्बन्धपश्चात् उनले हलिउड गायक निक जोनसँग विवाह गरिन्। उनी अहिले निकको घरमा बस्छिन्, तर निकसँग विवाह हुनुअघि प्रियंकाका प्रेमीहरूको लिस्ट लामै थियो। भारतीय सञ्चारमाध्यमका अनुसार उनको जीवनमा नायक असिम मर्चेन्ट सबैभन्दा पहिले प्रेमी बनेर आएका थिए। त्यसपछि अक्षय कुमारको प्रवेश भयो। केही फिल्ममा सँगै काम गरेका उनीहरू प्रेम सम्बन्धमा रहे पनि अक्षय पहिले नै विवाहित भएका कारण उनीहरूले यो सम्बन्ध धेरै माथि लान सकेनन्। अक्षयसँगको ब्रेकअपपछि प्रियंकाको जीवनमा अर्का नायक हरमन बावेजाको इन्ट्री भयो।

तर, यो प्रेम लामो समय टिकेन। अर्का नायक शाहिदको नाम प्रियंकाको नाम तब जोडियो जुन समय, आयकर अधिकारीले प्रियंकाको घरमा छापा मारे। उक्त समय प्रियंकाको घरको ढोका खोल्ने शाहिद थिए। तर, उनीहरूको रोमान्स केही समयमै रोकियो। त्यसपछि उनको नाम अर्का विवाहित नायक शाहरूख खानसँग जोडियो। सँगै फिल्म खेल्दा नजिक भएका उनीहरूको रोमान्सको खबर उनकी श्रीमती गौरीसमक्ष पुगेपछि शाहरूखले प्रियंकासँग कुनै पनि फिल्म गरेनन्। प्रियंकाको नाम हलिउड अभिनेता टम हिडलस्टनसँग पनि जोडिएको थियो।

अनुष्का शर्मा

anushka sharma

अभिनेत्री अनुष्का शर्मा हाल फिल्ममा देखिएकी छैनिन्। सन् २०१७ मा भारतीय क्रिकेटर टिमका कप्तान विराट कोहलीसँग विवाह गरेकी अनुष्काको नाम विवाहभन्दा पहिले ६ जना व्यक्तिसंँग जोडिएको थियो। अनुष्का शर्माको पहिलो प्रेमी जोहेब युसुफ हुन्। उनीहरू दुवै जना मुम्बईमा आफ्नो एक्टिङ करिअर चम्काउन आएका थिए। तर, अनुष्काले शाहरूख खानको फिल्ममा मौका पाइन् र बलिउडमा सफल हुन थालेपछि उनले युुसुफलाई छोडिन्। फिल्म ब्यान्ड बाजा बारातमा साथै काम गरेका रणवीर सिंह र अनुष्का यही फिल्ममा काम गर्दा नजिक भएका थिए। तर, उनीहरूको अफेयर लामो समय चल्न पाएन। यीबाहेक उनको सम्बन्धको चर्चा रणवीर कपुर, शाहिद कपुर, क्रिकेटर सुरेश रैना, अर्जुन कपुरसँग पनि चलेको थियो।

आलिया भट्टट्ट

आलियाको नाम बलिउडको टप एक्ट्रेसमा आउँछ। सानो उमेरमा नै फिल्मी करिअरमा ठूलो सफलता हात पारेकी आलिया भट्ट हाल रणवीर कपुरसँगको प्रेम सम्बन्धमा छिन्। तर यसभन्दा अघि उनको नाम केही बलिउड हस्तीका साथ जोडिएको थियो।

जसमा बरुण धवन, अर्जुन कपुर, सिद्धार्थ मलहोत्रा, व्यवसायी कविन मित्तल, अलि ददादकर तथा आलियाको साथी रमेश दुबेको नाम अगाडि आउँछ। रमेश आलियाको स्कुलका साथी थिए। यस कारण उनी आलियाको पहिलो ब्वाइफ्रेन्ड थिए। साथै अर्का साथी अलि ददादकरसँग पनि उनको प्रेम थियो भनिन्छ। फिल्म क्षेत्रमा आउनुपूर्व उनी अलिसँगै सम्बन्धमा थिइन्। यसपश्चात् उनी व्यापारी कविन मित्तलका साथ प्रेम सम्बन्धमा रहिन्, तर सो सम्बन्ध पनि धेरै समय टिकेन। फिल्म स्टुडेन्ट अफ द इएरबाट डेब्यु गरेकी आलिया सोही फिल्मबाट डेब्यु गरेका अभिनेता सिद्धार्थ मलहोत्राको प्रेममा परेकी थिइन्, तर उनीहरूको पनि केही समयपछि ब्रेकअप भयो।

दीपिका पादुकोण

बलिउडको टप अभिनेत्रीका रूपमा रहेकी दीपिका पादुकोणले गत वर्ष अभिनेता रणवीर सिहसँग विवाह गरिन्। उनीसँगको लामो समयको प्रेम सम्बन्धपश्चात् विवाह गरेकी दीपिकाको रणवीर सिंहभन्दा पहिले धेरैजनाका साथ प्रेम सम्बन्ध रहेको बताइन्छ। केही समयपछि दीपिकाले आफू १३ वर्षको हँुदा नै प्रेम सम्बन्धमा रहेको बताएकी थिइन्। उनका पुराना प्रेमी निहार पाड्या हुन्। निहार र दीपिकाको भेट सन् २००५ मा एक एक्टिङ स्कुलमा भएको थियो। पहिला राम्रो साथी रहेका उनीहरू पछि लिभ इन टुगेदर रिलेसनमा थिए।

तीन वर्षपछि उनीहरूको ब्रेकअप भएको थियो। फिल्म बचना ए हसिनोको सुटिङका दौरान दीपिका र रणवीर कपुरको प्रेम शुरू भएको थियो। दीपिका यस सम्बन्धलाई लिएर सिरियस थिइन्। यस कारण उनले आफ्नो गर्दनमा रणवीरको नामको ट्याटु खोपाएकी थिइन्। तर, पछि नायिका कट्रिना कैफ रणवीरको जीवनमा आएपछि उनीहरूको ब्रेकअप भयो। दीपिकाको अर्का प्रेमीकोे रूपमा क्रिकेटर युवराज सिंहको नाम पनि जोडिन आउँछ। दीपिका म्याचका क्रममा युवराजका लागि चियर गरिरहेकी हुन्थिन् भने म्याचपश्चात् उनीहरू सँगै डिनर पनि जान्थे। यसबाहेक उपेन पटेल, सिद्धार्थ माल्या, मजुमिल इब्राहिम, एमएस धोनी, निहार पाड्या, मुजमिल इब्राहिमजस्ता व्यक्तिका साथ दीपिकाको प्रेम सम्बन्ध रहेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्