भारतको चुनाव देखाउत्दै पोखरामा खसीको मासु महत्गियो



विजय नेपाली, पोखरा
पछिल्लो समय पोखरामा खसीको मासु झण्डै १२ सय रुपियात् पुगेको छ। मासु व्यवसायीले नियमन निकाय बिना नै मासुको मूल्य निर्धारण गर्दै आइरहेका छन्। मासुको मूल्य निर्धारण समितिले गरेको मूल्य निर्धारण अवैधानिक भएको उपभोक्ता मञ्च गण्डकीको ठहर छ। गण्डकी प्रदेशमा अहिले जिल्लाअनुसार खसीको मासुको मूल्य निकै फरक भेटिन्छ। प्रदेशको राजधानी पोखरामा खसीको मासु प्रकिलो ११ सय ६० रुपियात् पुगेको छ।

भारतमा भएको निर्वाचनलाई देखाउत्दै खसी व्यवसायीले खसी आयात निकै कम भएको कारण मूल्यवृद्धि भएको बताउत्छन। नेपालमा ६० प्रतिशत खसी भारतबाट आयात हुत्दै आएको छ भने ४० प्रतिशत स्वदेशमै उत्पादन हुन्छ। खसीको मासुको मूल्य वृद्धि भएको करिब दुई हप्ता हुत्दा पोखरा महानगरपालिका र उपभोक्ता मञ्च गण्डकीको ध्यानाकर्षण भएको छ।

पोखरामा खसीको मासु मूल्य निर्धारण गर्ने समिति नै अवैधानिक भएको उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाको ठहर छ।‘जिउत्दो खसी व्यवसायी, वितरक, व्यवसायीलगायतकै मिलेमतोमा मूल्य निर्धारण गरेका छन् यो अवैधानिक हो, नियमन निकायको मातहातमा रहेर नै राज्यले मूल्य निर्धारण गर्छ।’ कोइरालाले बताउनुभयो। सरकार लाचार भएको कारण व्यवसायीले उपभोक्ताको ढाड सेक्ने कामगरेको आरोप कोइरालाले लगाउनुभयो।‘अन्य जिल्लामा भन्दा पोखरामा ३ सय ६० रुपियात् बढी लिने गरेको पाइएको छ।

मूल्य वृद्धिका सम्बन्धमा पोखरा महानगरमा बिहीबार त्रिपक्षीय छलफलसमेत भयो। छलफलमा व्यवसायीले एक अर्कालाइ देखाउने काम मात्र भयो, महानगरले उपभोक्तालाई समस्या नपर्ने गरी मूल्य निर्धारण गर्न आग्रह गर्यो। महानगर अनुगमन अधिकृत रोमराज उपाध्याय, उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला, कास्की जिल्ला मासु व्यवसायी समितीका अध्यक्ष गोविन्द तिवारी, जिउत्दा खसी बोकासप्लायर्सका अध्यक्ष गोकर्ण भण्डारी, खसी बोका बजार समितिका अध्यक्ष ज्ञानबहादुर क्षेत्रीलगायतको सहभागितामा छलफल गरिएको थियो। छलफलमा निष्कर्ष निस्कन नसकेपछि महानगरले स्वस्फूर्त रुपमा मूल्य घटाउन आग्रह गर्दै छलफल टुंगियो।’ व्यवसायीले २४ घण्टाभित्र मूल्य तोक्छौ भनेका छन, महानगरले कारबाही गरेको छैन, उपभोक्तालाई मर्का नपर्ने गरी मूल्य तोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्।’ महानगरका अनुगमन अधिकृत रोमराज उपाध्यायले बताउनुभयो।

त्यस्तै व्यवसायीले भने जिउत्दो खसीको मूल्य घटे आफुहरू मूल्य घटाउन तयार रहेको बताउछन्। मासु व्यवसायी समितिका अध्यक्ष गोविन्द तिवारीले मासुको मूल्य उचित रहेको बताउनु भयो। प्रदेशमा खसीको मासु फरक–फरक मूल्य भेटिनुप्रति अनुगमन गरी कारबाही गर्नुपर्ने उपभोक्ताको माग छ।

प्रतिक्रिया दिनुहोस्