द्मबनेपाबाट बन्दिपुर हुत्दै चुत्दीरम्घा पुग्दा



मोहन दुवाल

दीरम्घामा चैत ३० गते ‘क्षेत्रप्रताप अधिकारी पुरस्कार’ गीतल प्रतिष्ठान, तनहुत्ले दिने घोषणा केही महिनाअघि नै भएकोले तनहुत्मा जानुपर्ने भयो। कसलाई साथी लिएर जाने दोधारमा थिएत्।

२०७५ चैत २४ गते उग्रचण्डी बैन्क्वेटमा सात प्रदेशका साहित्यकारहरूलाई बिदाइ गर्ने कार्यक्रम जनमत वाङ्मय प्रतिष्ठान नेपालबाट आयोजना गरिएको थियो। उक्त कार्यक्रममा जितेन्द्रराज कायस्थ भाइ पनि थिए। मैले ख्यालख्यालैमा तनहुत्मा हुने मेरो सम्मानमा जाने हो कि भनी सोधें। उनले तत्कालै प्रतिक्रिया दित्दै जवाफ दिए– ‘तपाईंले भनेको के मात्र हुत्दैन भनेको छु र ?’ म विश्वस्त हुन सकिनत्।

२८ गते काठमाडौंमा जात्दा आत्बु खैरेनीसम्मको माइक्रोको दुईवटा टिकट लिई आउने सोच बनाउत्दै थिएत्। जितेन्द्र भाइको फोन आयो र २७ गते नै हो मकहात् आइपुगे। उनका आत्मीय मित्र वीरेन्द्र फैंजूसत्ग सल्लाह मिलाएर मसत्गै जाने टुङ्गो मिलाइएको कुरो सुनाउन आएका रहेछन्। सहर्ष स्वीकृति दित्दै भारती पनि सत्गै जाने कुरा सुनाइदिएत्। जितेन्द्र मेरो कुरामा सही थप्दै सत्गै जान राजी भएर गए।

मेरो साहित्यिक तथा जनमतको यात्रामा साथ दित्दै आएका थुप्रै मित्रहरू राष्ट्रभर व्याप्त छन्। यसै क्रममा आफू जन्मेको, आफूले कर्म गरेको बनेपाका नयात्–पुराना मित्रहरू पनि मेरो यात्रालाई मन पराएर साथ दित्दै आएका थुप्रै खालका मित्रहरू छन्। ती थुप्रै मित्र–सहयोगीहरूको हूलमा जितेन्द्रराज कायस्थ र वीरेन्द्र फैंजूहरू थपिएका छन्।

यी मित्र–भाइहरू मेरो जनमतको साहित्यिक यात्राका विशिष्ट, मानार्थ सदस्य–संरक्षकहरू हुन्। आ–आफ्नो व्यवसायमा सक्रिय ढङ्गले लाग्दै आएका यिनीहरू इमानदार युवाका रूपमा सबै बनेपालीहरूले चिनेका युवाहरू हुन्।

२०७५ सालको चैत्रको अन्तिम दिनहरूमा यिनीहरूसत्ग भएर यात्रा गर्ने चात्जोपात्चो मिलाइयो। नजिकले नयात् युवाहरूसत्ग मित्रता गात्स्न पाउने अवसर जुरेकोमा म ज्यादै खुशी भएत्। १२ः०० बजे जाने कार्यक्रम बनाउत्दा बनाउत्दै हामी चैत २९ गते ठीक १ः१५ बजे बनेपास्थित मेरो घरअगाडिबाट हाम्रो गाडी गुड्यो। जितेन्द्र र वीरेन्द्र अलिक ढिला आइपुगेकोले त्यस्तो भएको हो। यिनीहरूसत्ग मेरो आत्मीयता जोडिनुका पनि कारणहरू रहेछन्। जितेन्द्रका बुबा दीपक वैद्य मेरा अनन्य मित्र हुन्। त्यसैले यिनका कान्छा छोरा जितेन्द्रसत्ग सम्बन्ध गात्सियो। वीरेन्द्रका साइत्ला बाजे गोविन्द फैंजू मैले चिनेका र जानेका होक्सेका प्रतिष्ठित समाजसेवी तथा राजनीतिज्ञ मित्र हुन्। त्यसैले हुनुपर्छ वीरेन्द्रसत्ग पनि मेरो मन गात्सियो।

जितेन्द्रले चलाएको गाडीमा हामीहरू कुरा गर्दै, आफू–आफूमा प्रस्ट हुत्दै र बाटोमा भोगित्दो जाम व्यहोर्दै कतै नरोकीकन कुदिरहत्दा पनि बल्लतल्ल ७ः३० तिर मात्र बन्दिपुर पुग्यौं। कवि तथा जनमतका सहयोगी अनिल श्रेष्ठ छोरासत्गै मोटरबाइकबाट बन्दिपुर पुगेर हामीलाई पर्खिराखेका रहेछन्।

पार्किङ स्थलबाहिर उभिरहेका अनिल श्रेष्ठसत्ग भेट भयो। नयात् वर्ष पर्वले नै होला, पार्किङ थलो नै भएन, बाटोमा तेस्र्याउन पर्यो हाम्रो कार। गन्तव्य पछ्याउत्दै ‘बन्दिपुर छें’ नामक गेस्ट हाउसमा पुग्यौं। बुक गरेको दुईवटा कोठामा लगेजहरू हामीले थन्क्यायौं। खाना अन्य ठाउत्मा खान जानुपर्ने भएकाले खानाको अर्डर अन्य होटेलमा गर्न गए अनिलले।

९ः०० बजे मात्र खाना तयार हुने सूचना पायौं। त्यसैले अत्ध्यारोमा नै हामी एकचक्कर बन्दिपुर घुम्यौं। एकपल्ट मात्र बन्दिपुर पुगेको याद छ। धीत मर्ने गरी बन्दिपुर हेर्न नपाएको कारणले पुनः बन्दिपुरमा बास बस्न आएका हौं। डुम्रे माथिबाट बन्दिपुरको उकालो चढ्दा लाग्यो बन्दिपुर त निकै माथि उचाइमा पो रहेछ। ८ किलोमिटर माथि रहेको बन्दिपुरमा उक्लियौं। मगरहरूको आधारभूमि रहेको बन्दिपुर बजारमा नेवारहरूको बाहुल्यता रहेको देखियो। बाटो पिच भइसकेको छ।

घरहरू सबै पुरानो शैलीमा चिटिक्क पारी बनाइदिएको जस्तो सुन्दर बजार। नयात् वर्षको आगमन हुने भएर नै होला पर्यटकहरूको ओइरो लागेको देखिन्छ। बाटोघाटोमा ढुंगा ओछ्याइएकोले सफा देखित्दो छ बन्दिपुर। फोहोर स्पर्श गर्नुपरेन। ९ः०० बजेतिर खाना खाइयो। जितेन्द्र र वीरेन्द्र एउटा कोठामा अनि भारती र म उनीहरूसत्गैको अर्को कोठामा रात भोग्न गयौं।

बिहान ७ः०० बजेतिर मात्र ओछ्यान छोड्यौं। किनभने बिहान एकनासले पानी परेको पर्यै गर्यो। पानी रोकिएपछि एक चक्कर अनिल श्रेष्ठ र छोरा अनीश श्रेष्ठसत्ग भएर हामी ६ जना बन्दिपुरका भूगोल–अंशहरू हेर्न गयौं। हिजो पानी परेको र आज बिहान पनि पानी पर्दै गरेको मौसमले गर्दा घामको मुहार देखिएन। बन्दिपुरको रङ्गशालासम्म पुग्यौं। बन्दिपुर सानो डात्डामा आफूलाई सजाउत्दै बसेकी भू–सुन्दरीजस्तै छरपस्ट रहेको देखिन्छ। ढुङ्गा मिलाएर राखेको बाटाहरू अत्यन्त सुन्दर देखित्दो छ। घर पुरानै ढात्चामा सजिएका छन्।

झ्याल–ढोका काठकै ऐतिहासिक देखित्दा छन्। थोरै जनसङ्ख्या भएकोले गाउत्पालिकामा बन्दिपुर खुम्चिएर बसेको देखिन्छ। केही वर्षअगाडि स्याङ्जामा सम्मानित भई फर्कंदा किरण थापा, रमेश शुभेच्छु, भारती र म बन्दिपुरमा पुगेर खाजा खाएको सम्झना छ। त्यस बेला पनि झुलुक्क नियालेको थिएत् बन्दिपुर। आज बिहान पनि बन्दिपुर नियाल्न पाएत्।

एक चक्कर लगाएत्। हामी बिहान ९ः०० बजेतिर नै डुम्रे झर्यौं। जितेन्द्रराज कायस्थले चलाएको गाडीमा वीरेन्द्र फैंजू, भारती र म रमाउत्दै डुम्रे पुग्यौं। छोराले चलाएको स्कुटीमा अनिल श्रेष्ठ हामीभन्दा अगाडि हामीलाई बाटो देखाउन अघि लागे। डुम्रेमा रहेछ जमुना बहिनीको माइती। बिहानीको खाना खाने व्यवस्था मिलाएको रहेछ अनिलले। हामी चारैजना अनिलको ससुराली–घर उक्ल्यौं। खाना खाइयो। केही क्षणपछि हामी चुत्दीरम्घा जाने भयौं। बिस्तारै जात्दा ४५ मिनेटमा हामी चुत्दीरम्घा पुग्यौं।

दुईवटा बसबाट आएका काठमाडौंका साहित्यकारहरूसत्ग बाटोमा भेट भयो, सबैसत्ग हात मिलाइयो। राति होमस्टेमा बस्ने चात्जोपात्जो मिलाइएकोले माथि बसेको ठाउत्बाट तल झरेर पुनः बजारतिर पुगेर खाना खान जात्दाका समयले गर्दा कार्यक्रम ठीक समयमा हुन सकेन। प्रमुख अतिथि, प्रतिनिधिसभाका सदस्य किसान श्रेष्ठ आइसकेर पनि केही क्षणपछि मात्र कार्यक्रम शुरू भयो। मञ्चको बनावट अलिक नमिलेको जस्तो देखिए तापनि साहित्यिक कार्यक्रम रमाइलो नै भयो। अन्तर्राष्ट्रिय कवि सम्मेलन, पुस्तक विमोचन, सम्मान, नाटक प्रदर्शन पनि भए।

जितेन्द्रले म सम्मानित हुत्दाका फोटाहरू खिचे। कार्यक्रम सिद्धिएपछि हामी दमौलीमा बस्ने भयौं। हामीलाई होटेलमा पुर्याउने कार्य गरिन् आकाश अधिकारीजीकी श्रीमती गीताले। दुना टपरी रेस्टुरात्मा बस्ने व्यवस्था मिलाएर उनी गइन्, पछि एकजना साथीसत्ग आकाश अधिकारी हामीलाई भेट्न आइपुगे। कार्यक्रमको मूल्याङ्कन गरियो। एकक्षण बसेर उनीहरू गए। भोलि बिहान ७ः०० बजेतिर आकाश अधिकारीले निर्देशन दिएअनुसार उनको घर पछ्याएर पुग्यौं। एकदेव आलेको नाममा स्थापना भएको पुस्तकालयमा पुग्यौं। अध्यक्ष श्रीरामसत्ग परिचय भयो। पुस्तकालयका कोठाहरू नियाल्यौं। छाब्दी बाराही जाने समय भएकाले हामी आकाश अधिकारीसत्ग भएर गयौं।

हिलो बाटोमा एउटा गाडी फसेकोले हाम्रो गाडी अगाडि बढ्न सक्ने अवस्था नरहेकोले हित्डेरै जाने टुङ्गो लगाइयो। कारबाट झर्यौं। केही क्षण हित्ड्न नपाउत्दै स्थानीय बसहरू देखा परे। बस चढ्यौं। ७ किलोमिटर पर रहेछ दमौली बजारबाट मन्दिर। नयात् वर्ष भएकोले उक्त मन्दिर धाउनेहरू हूलका हूल छन्। केही क्षण देवमन्दिर आसपास घुम्यौं। स–साना बोका, कुखुराका भाले बोकेर हित्डिरहेका धेरै सर्वसाधारण बाटोघाटोमा भेट्यौंं।

डुल्ने मात्र हो हाम्रो रहर। त्यसैले कतै पनि र कसैले धर्मका थालीहरू बोकेनौं। तनहुत्को प्रख्यात मन्दिर रहेछ छाब्दी बाराहीको मन्दिर। एक चक्कर लगाएपछि बस चढेर जानु उपयुक्त ठानी बस चढ्यौं। बसबाट ओर्लेर कारमा चढियो। आकाश भाइको पसलनिर हाम्रो कार रोकियो। बहिनी गीताको अनुरोधमा मैले र भारतीले एक–एक जोर चप्पल उपहार स्वीकार गरें। खाना खान जोड गरेको थियो।

दुःख दिन मन लागेन। हामी गोरखातर्फ हुइत्कियौं। ४० वर्षअगाडि गोरखा क्याम्पसमा पढाएको सम्झना आयो। दरबार तलको चोकमा पुग्यौं। नयात् वर्षका साथै आज चैतेदशैं पनि परेकोले निकै ठूलो भीड देखियो। तलदेखि माथिसम्म सयौं मानिस लाइन लागेका छन्। माथि चढ्ने रहरले हामी पनि लाइनमा मिस्सियौं। केही क्षणको लाइनपछि हाम्रो धैर्यको बात्ध फुट्यो। लाइन भङ्ग गरियो। त्यहात्बाट हामी फर्कियौं। मुग्लिनमा पुगेर खाजा खाइयो। मलेखुमा माछा पनि चाख्यौं। हामी चारैजनाको फर्किने मूड प्रबल भयो। एक रफ्तारले जितेन्द्रले गाडी हात्केको हात्क्यै गरे। कतै जाममा परिएन। तर काठमाडौंमा एकक्षण जाममा पर्यौं। सात्गामा पुग्दा ८ः०० नाघ्यो। पानी एकनासले बर्सिएको छ। बनेपा पुलबजार नपुग्दै घनघोर पानी परेकोले एकक्षण टक्क जितेन्द्रले गाडी रोके। अरूले पनि रोकेको देखियो। ८ः३० तिर मात्र घर पुग्यौं, तै पानी रोकिएछ। दुई दिनको बासपछि तेस्रो दिन २०७६ वैशाख १ गते भारती र म हाम्रो आफ्नो बास–घरमा छिर्यौं।

जीवन यात्रा न हो, यात्रामा हित्डिरहन्छु
जीवन हित्डिरहनु हो, यात्रा–गीत गाइरहन्छु।

प्रतिक्रिया दिनुहोस्