जमानतमा रिहा



टोक्यो,(एजेन्सी)
जापानको राजधानी टोक्यो स्थित एक अदालतले विहिवार कार उत्पादन गर्ने निसान कम्पनीका पुर्व मालिक कार्लोस गोस्नलाई ४५ लाख अमेरिकी डलर जमानतमा हिरासत मुक्त गर्ने निर्णय गरेको छ । आर्थिक अपचलन गरेको अभियोगमा उनले जापानमा चार वटा मुद्धा खेप्दैछन् ।

औपचारिक रुपमा दोश्रो पटक पनि उनले आफुले कुनै पनि गलत कार्य नगरेको दावी गरेका छन् । ६५ वर्षिय गोस्नलाई गत महिना कारागार मुक्त गरिएको थियो भने गत ४ अप्रिलमा उनलाई पुन हिरासतमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्