काम भन्दा गफ धेरै



चलन नै छ चर्चा कमाउनको लागि भएपनि केही न केही घोषणा गर्दै हिडने । अझ सरकारले त गर्ने नै भयो । कुनै पनि योजनाको घोषणा गर्नु अघि त्यसको विस्तृत जानकारी सरकारसँग हुर्नपर्छ । तर सरकार हुचँवाकै भरमा घोषणको चाँङ लगाउने गर्छ ।

भुकम्प गएको चार बर्ष पुग्यो । २०७२ साल वैशाक १२ गते धेरैलाई पीडा दिने गरी विनाशकारी भुकम्प आयो । भुकम्पको त्रास अहिले पनि कामयै छ । चार बर्षको अवधिमा ४५ हजार त परकम्प नै आयो । भुकम्प आउने क्रमले निरन्तरता पाउदै आएको छ । अहिले त भुकम्प आउन पनि सम्झियो भनेर रमाइने गर्ने चलन पनि बढेको छ । कुनै दिन ठुलै पो आउला कि भन्ने चिन्ता पनि छदैछ ।

सरकारले भुकम्प गएपछि तीन बर्षभित्र सबै संरचना बनाउछु भनेर घोषणा पनि ग¥यो । भुकम्प पीडितहरुले पत्याउ पनि । तर चार बर्ष वितिसक्दा समेत पचास प्रतिशत मात्र काम सम्पन्न भएको छ । सरकार भुकम्प पीडितलाई आश्वासन धेरै काम थोरै गर्दै आएको छ । सरकार खाली घोषणा मात्र गर्छ काम गर्दैन भनेर भुकम्प पीडितहरु सरकारसँग दिक्क भएका छन् ।

प्रतिक्रिया दिनुहोस्