उत्तर कोरियाली नेता किम रसियामा



मस्को,(एजेन्सी)
उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उन ब’धवार रुसी राष्ट्रपति भ्लादिमिर प’छिनसंग भेटवार्ता गर्नका लागि रसियाको स’द’र प’र्वी भागमा प’गेका छन् । किम ट्रेनबाट प्रशान्त महासागकरको तटिय शहर भ्लादिभोस्तोक आइप’गेको रुसी सरकारी संचार माध्यमले जनाएको छ ।

ति द’ई नेताहरुबिच भिन्न एजेन्डाहरुमा विहिवार गम्भीर छलफल ह’ने अन’मान गरिएको छ । रुसी उच्च पदस्थ अधिकारीहरुले किमलाई रोटी र न’न’ प्रदान गरी परम्परागत रुपमा स्वागत गरेका छन् ।

रसियाले तिनीहरुबिच कोरियाली प्रायद्विपमा आणविक समस्याबारे छलपल ह’ने जनाएको छ । अमेरिकासंग भियतनामको राजधानी हनोइमा सम्पन्न वार्ता असफल भएकाले कमिले रसियाको समर्थन खोजिरहेको पनि बताइएको छ ।
तत्कालिन सोभियत संघ र उत्रर कोरियाबिच सम्वन्ध निकै सुमधुर रहेको थियो । त्यसवेला यि दुई मुलुकबिच आर्थिक र सास्कृतिक सहयोगको आदान प्रदान हुने गरेका थिए । सोभियत संघले नै उत्तर कोरियालाई आणविक विषयमा प्रारम्भिक ज्ञान दिएको थियो ।

तर सोभियत संघ विघटन भएयता रसिया उत्तर कोरियाबिचको सम्बन्ध चिसिन पुगेको थियो । तर मस्कोले उत्तर कोरियालाई आफ्नो शत्रुको शत्रु आफ्नो मित्र हुने सिद्धान्तले पनि हेर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्