ट्रम्प रुष्ट



वासिङटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ट्विटरमा आफना दुई लाख फलोअर्स कम भएकोमा रुष्ट भएका छन् । यस विषयमा उनले कम्पनीका सीईओ ज्याक डोर्सलाई ह्वाइट हाउसमा बोलाएर सोधपुछ गरेका छन् । बैठक पछि ट्रम्पले डोर्स र उनको टोलीसँग ओवल अफिसमा बसिरहेको तस्विर ट्विट गरेका छन् । ट्विटमा उनले लेखेका छन्– अपरान्हको बैठक सान्दार थियो ।

सामाजिक सन्जाल र ट्विटरसँग सम्बन्धित कयौं मामिलामा डोर्सेसँग छलफल भयो । डोर्सेले ट्रम्पलाई कम्पनीले थुप्रै फर्जी अकाउन्ट विरुद्ध कारवाही गरेको र उनीहरुलाई सदाका लागि प्लेटफर्मबाट हटाएको जानकारी दिएका थिए । यसले आफनै पनि धेरै फलोअर्स घटेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्