तेस्रो चरण सम्पन्न, ६२ प्रतिशत भन्दा बढी मतदान



नयाँदिल्ली (एजेन्सी)
भारतमा लोकसभा चुनावको तेस्रो चरणमा मंगलबार १३ राज्य र दुई केन्द्र शासित प्रदेशको १ सय १६ लोकसभा सिटका लागि मतदान भएको छ ।
तेस्रो चरणको चुनावमा देश भरी करिब ६२ दशमलव १६ प्रतिशत मतदान भएको चुनाव आयोगले जनाएको छ । यद्यपी यो प्रारम्भिक आंकडा भएकोले यसमा हेरफेर हुन सक्ने जनाइएको छ ।

यस चरणमा गुजरात, केरल, महाराष्ट्र र कर्नाटकका ७४ सिटलाई अन्त्यन्त निर्णायक मानिएका छन् ।

चुनावका क्रमा पश्चिम बंगालको मुर्शिदाबादमा कांग्रेस र टिएमसी कार्यकर्ताबीच हिँस्रक झडपको घटना भएको र झडपमा एक युवा मतदाताको मृत्यु भएको छ । चुनाव आयोगले घटनालाई लिएर जिला प्रशासनसँग रिपोर्ट माग गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा मतदान गरेका छन् । यसअघि उनले गान्धीनगरमा आफनी आमा हिराबेनसँग भेटेर आशिर्वाद लिएका थिए । हिराबेनले प्रधानमन्त्रीलाई मतदान गर्न जानु अगाडी मिठाई ख्वाएकी थिइन् ।
प्रधानमन्त्रीले भने– आतंकवादको शस्त्र आईईडी हुन्छ भने लोकतन्त्रको शस्त्र भोटर आईडी हुन्छ । भोटर आईडीको शक्ती आईईडीको भन्दा धेरै धेरै गुणा बढी हुन्छ भन्ने मलाई विश्वास छ । हामी यो भोटर आईडी कार्डको महत्वलाई बुझौं र अत्यधिक भोट गरौं ।

अर्थमन्त्री तथा भाजपा नेता अरुण जेटलीले पनि अहमदाबादमा मतदान गरेका छन् । त्यसैगरी भाजपा नेता वरुण गान्धी चुनाव बुथमा पुगेर आफ्ना समर्थकहरुसँग सेल्फी खिचेका थिए । भाजपाका पुर्व अध्यक्ष तथा वरिष्ठ नेता लाल कृष्ण आडवाणीले अहमदाबादको शाहपुर हिन्दी स्कुलमा मतदान गरे । भाजपा अध्यक्ष अमित शाह र उनकी पत्नी सोनल शाले अहमदावादमा मतदान गरेका थिए ।

तेस्रो चरणको मतदानमा मैनपुरी, पिलिभित, रामपुर, मधेपुरा, मालदा उत्तर, वायनाड र गान्धी नगर जस्ता विशेष सिट समावेस छ । वायदनामा कांग्रेस अध्यक्ष राहुल गान्धी र गान्धी नगरबाट भाजपा अध्यक्ष अमित शाह चुनावमा मैदान छन् । सिट संख्याको हिसाबले २०१९ लोहसभा चुनावको यो सबैभन्दा ठुलो चरण हो । यस चरणमा गुजरात र केरका सबै लोकसभा सिटका लागि मतदान सम्पन्न भएको छ ।

तेस्रो चरणमा १ सय १७ सिटका लागि १ हजार ६ सय १२ उम्मेदवारले आफनो भाग्यको परिक्षण हुनेछ । ती मध्य ३ सय १४ प्रत्यासी राष्ट्रिय दलबाट, ७६ क्षेत्रिय दलबाट, ४ सय ९२ गैर मान्यता प्राप्त दलबाट र ७ सय १२ निर्दलिय चुनाव लडिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्