किम र पुटिनबिच ऐतिहासिक भेटवार्ता कार्यक्रम



सोल,(एजेन्सी)
उत्तर कोरियाको सरकारी संचार माध्यमले मंगलवार आफ्नो सर्वोच्च नेता किम जोंग उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग पहिलो ऐतिहासिक भेटवार्ताका लागि चाँडै नै रुस भ्रमणमा जाने जनाएको छ । अझै सम्म औपचारिक रुपमा किमको रुस भ्रमणको तिथि तोकिएको छैन ।

तर रुसी संसद क्रेमलिनले यि दुई नेताबिच अप्रिलको उत्तरार्धमा भेटवार्ता हुने जनाएको छ । यसै साताको उत्तरार्धमा तिनीहरुबिच सिमा क्षेत्रभन्दा केहि घन्टामै पुग्न सकिने रसियाको पुर्वी वन्दरगाह शहर भ्लादिभोस्तक शहरमा भेटवार्ता हुनसक्ने अनुमान गरिएको छ ।

केहि समय अघि मात्र भियतनामको राजधानी हनोईमा सम्पन्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम बिचको वार्ता असफल भएको थियो । उत्तर कोरियाको आफु माथि लगाइएका केहि नाकावन्दि हटाउन गरिएको माग अमेरिकाले अस्विकार गरेपछि सो वार्ता तुहिएको थियो ।

त्यसअघि सन् २०१८ का े१२ जुनमा सिंगापुरमा समपन्न किम रट्रम्बिचको पहिलो ऐतिहासिक वार्तामा कोरियाली प्रायद्विपलाई नशिस्त्र बनाउने सम्बन्धमा सहमति भएको थियो । किम र पुटिनबिच निक ैभिन्ने एजेनडाहरुमाथि गम्भीर छलफल हुने अनुमान गरिएको छ ।

तत्कालिन सोभियत संघ र उत्रर कोरियाबिच सम्वन्ध निकै सुमधुर रहेको थियो । त्यसवेला यि दुई मुलुकबिच आर्थिक र सास्कृतिक सहयोगको आदान प्रदान हुने गरेका थिए । सोभियत संघले नै उत्तर कोरियालाई आणविक विषयमा प्रारम्भिक ज्ञान दिएको थियो । तर सोभियत संघ विघटन भएयता रसिया उत्तर कोरियाबिचको सम्बन्ध चिसिन पुगेको थियो । तर मस्कोले उत्तर कोरियालाई आफ्नो शत्रुको शत्रु आफ्नो मित्र हुने सिद्धान्तले पनि हेर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्