आक्रमणकारी समुह विरुद्ध कारवाही आग्रह



इस्लामाबाद (एजेन्सी)
पाकिस्तानले बलुचिस्तानमा १४ सुरक्षाकर्मीको हत्यामा संलग्न तेहरान स्थित ।।।आतंकवादी विरुद्ध कारवाहीको माग गर्दै इरानसमक्ष एक विरोध पत्र पठाएको छ ।

मारिएका सुरक्षाकर्मीहरुमा धेरैजसो पापकिस्तानी नौसेनाका सैनिक थिए । उक्त हत्याकान्डमा अर्धसैनिक जवानको वर्दी लगाएका अज्ञात बन्दुकधारीहरुले विहिबार १४ यात्रीको हत्या गरेका थिए । उनीहरुले अशान्त बलुचिस्तान प्रान्तमा एक राजमार्गमा बसबाट उनीहरुलाई ओर्लन बाध्य पारेको र त्यसपछि हत्या गरेका थिए ।

इरानलाई पाकिस्तानी विदेश मन्त्रालयको तर्फबाट पठाइएको पत्रमा पाकिस्तानको सशस्त्र सेनाका कम्तिमा १४ जवालाई बलुचिस्तानको आराम्रा इलाकामा बसबाट आर्लन लगाएको र उनीहरुको हत्या गरिएको उल्लेख गरेको छ । घटनामा संलग्न रहेको बलुच राष्ट्र्वादी समुहका सदस्यहरु इरानको सीमासँग जोडेको एक इलाकामा सक्रिय रहेको छ । कार्यालयले तेहरानसँग उनीहरु विरुद्ध कारवाही गर्न आग्रह गरेको जनाएको छ ।

तीन बलुच आतंकवादी संगठनका गठबन्धन बीआरएएसले यो आतंकवादी कार्यको जिम्मेवारी लिएको दावी गरेको छ , पत्रमा उल्लखे गरिएको छ । इरान स्थित आतंकवादी समुहद्वारा ती निर्दोष पाकिस्तानीको हत्या हुनु गम्भिर घटना भएको उल्लेख गर्दै उक्त समुह विरुद्ध कारवाहीका लागि अनुरोध गरिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको आइतबार देखि शुरु भएको इरानको पहिलो यात्रा पुर्व उक्त घटना भएको हो । इरानका विदेश मन्त्री जावेद जरिफले आक्रमणको निन्दा गर्दै पाकिस्तान इरान सम्बन्धका शुत्रु यसका लागि जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्