मरुभुमिा हमला



बाघुज,(एजेन्सी)
इस्लामिक स्टेट लडाकुहरुले पछिल्ला केहि दिनमा मरुभुमिमा आक्रमण गरी ३५ जना सिरियाली सरकार समर्थित फौजको ज्यान लिएको आइतवार वेलायत स्थित सिरियाली मानव अधिकार मामिला हेर्ने निकायले जनाएको छ ।

सो निकायले इस्लामिक लडाकुकहरुले होम्स र देइर अल जोउर प्रान्तमा आक्रमण गरेको दावी गरेको छ । आइएसको संचार माध्यमले ति आक्रमण पुष्टि गरेको छ भने सिरियाली अधिकारीहरुले अझैसम्म यस समबन्धमा कुनै प्रतिक्रिया जनाएका छैनन् । केहि आइएस लडाकु आफ्नो बलियो पकड भएको बाघुजबाट मरुभुमि तर्फ भागेको केहि दिनपछि हमला शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्