सिर्जनशील दृष्टिकोण र सोच रूपान्तरण



रमेश भट्टराई ‘सहृदयी’
जब पस्यौटो (दाम्लोको प्वाल) भन्दा ठूलो गाँखो हुन्छ तब समस्याले झापड हान्छ । गाँखो नखुलेपछि जतिसुकै सुन्दर दाम्लो पनि बेकामे लाग्छ । झिँजो लाग्छ । गाईवस्तुले उतापट्टि बाली खाइसक्छ, गोठालो पस्यौटोमा गाँखो नपसेपछि हैरान । जनताचुनावी घोषणापत्रको गाँखो बोकेर बसिरहँदा नेताजीले भाषणको पस्यौटो साँघु¥याएर राख्नुहुन्छ ।एउटा घोषणापत्रका सपनालाईअर्कोमा उसै गरी फोटोकपि गर्नुप¥यो भने यो दाम्लोलाई रद्दीको टोकरीमा मिल्काउनुपर्ने पनि त हुन सक्छ ।सम्भाव्यताका चाङ बोकेर भिजनको सिजन बनाउन नसक्ने अन्धाधुन्ध शैलीमा देश कुइरोको काग त बन्दै छैन ?!चीनले ५० वर्षमा आपूmलाई अमेरिकासँग टक्कर गर्न योग्य बनायो । हामी २००७ यता आजसम्ममा अर्काका नौटङ्गी ढोल पिट्न माहिर छौँ । आन्तरिक र बाह्य गुटउपगुटमा भिडिरहेका छौँ । लम्बीय र क्षितिजीय मान्यतामा स्वार्थ र खेमाबन्दीमा भित्री रूपमा खोक्रो बनिसकेका छौँ ।थुप्रै व्यवस्था परिवर्तन भएतर सोच बदलिएन । जनता भेडा भएर दुई छाक भातमा बिक्ने हैसियत राखिरहन्छ, नेता जनताको पसिनामा खेलवाड गरिरहन्छ । समय बित्दो छ, नाम बदलिएको छ, शैली उस्तै अनि स्वादै थाहा नपाई मीठो–नमीठो कसरी थाहा पाउने ?

कृषि विकास गर्नुपर्ने, कृषकलाई मल, बिउ, बिजन र बजार दिनुको साटो कर कति उठाउने भन्ने मानसिकताले कृषिप्रधान देशका जनता निरुत्साहित छन् । कर्म गर्ने तर फलको आशा नगर्ने भए त गीता ज्ञानको अभिधात्मक तात्पर्य ठीकै होला नत्र कर्मवादीलाई सम्मान गर्न नजान्ने सङ्कीर्णतामा वास्तविक किसान र कर्मवादी जनता पीडितै रहन्छ । पर्यटन उद्योग सञ्चालन गर्न लाग्दा संस्था स्थापनार्थ अनुमति मागेदेखिको करको डरले रहर नै झ¥याझुरुप हुन्छ । सीमित पुँजीबाट धेरै लाभ लिने, सम्भाव्यता भएर छिटो परिणाम निस्कने र परिवर्तनमा प्रभाव पार्ने आधार नेपालका लागि कृषिको विकास हो । नयाँ र शिक्षित पुस्ताले कृषि व्यवसायमा हातै हाल्दैन । भविष्य नै देख्दैन । बजारै भेट्दैन । बरु ऊ, ठूला सपना बोकेर बाहिरिन्छ, रमझममा बस्न चाहन्छ ।

कृषिप्रधान मुलुकले आफ्नो हबिगत बिर्सिएका बाध्यता र बाँझो जग्गालाई व्यवस्थापनार्थ चाहिने पूर्वाधार बिनाको अन्धाधुन्ध भिजनले साँच्चै किसानी श्रमको मूल्यमा दमन भइरहनेछ । कृषकले राजनीतिको झन्डा जान्नु पर्दैन, आधुनिक खेतीका विषय जाने पुग्थ्यो तर हाते ट्याक्टर गाउँपालिकामा निवेदन दिँदा पहिला झन्डा सोधिन्छ । वितृष्णाबाट मुक्ति पाउनै गाह्रो छ । देश त अर्काको देशमा भिसा खुलाउने कार्य सम्पन्न गरेका दिन पार्टी मनाउने संस्कारमा अभ्यस्त प्रायः छ । जनता र देश परनिर्भर बनाउने रेमिट्यान्सको पोकोमा मुलुकले गर्व गरिरहेका समाचार कहाँ पुराना भए र । श्रम सम्झौता हुँदा र यहाँका युवापुस्ता कामदार बनेर बाहिरिँदा नेताजीले कहाँ दुःख माने!कतार, मलेसियालाई रोजगारको खानी बनाएका नेपालीहरूमा नेपाल बनाउने खुबी पनि छ भन्ने बोधगम्यता हामीमा कहाँ भयो र ! हामी अरु देशका उदाहरणलाई लिएर अभ्यास गर्छौँ तर आफ्नो उदाहरणीय सिद्धान्त जन्माउने हाम्रो कुनै दृष्टिकोण बन्दैन ।

बाम पार्टीको बलियो शक्तिभित्रै मानसिक कुण्ठा कुन बेला बम बनेर फुट्ला निर्भय बन्न सकिएको छैन ।मङ्सिर २९ देखि पौषको १३ गतेसम्म आपसी विवाद माझ्ने भनियो । नेकपाभित्र आज विवादको पोको गुम्सिएर बसिरहेकै देखिन्छ । स्वार्थ र जालको ध्वान्द्रोमा देशको विकासको बाटो फसेको छ तब झुटो गफका पारखीहरूले ‘म असत्य बोल्दै छु तर सत्य जस्तै बनाउँछु’ भन्दै कस्सिनुपरेको छ । यत्रो बहुमतको सरकार झिना कुरामा अल्झिन्छ, अलिकति आलोचना सहनै सक्दैन, खाली अर्काले के भन्छन् सुन्छ तर आपूm काम गर्न खोजेजस्तो गर्छ फेरि गाँखो फुक्दैन । सिद्धान्त जेसुकै होस् तर एकै ठाउँमा रहेर विकासको बिगुल घन्काउने हो भने– यहाँ नेपाल आमाले कमसल होइन आज पनि एकसेएक सबल नेतालाई जन्माएकी छिन् ।विडम्बना, देशले मुहार फेर्न खोज्दा प्लास्टिक सर्जरी हुन्छ तब सबै भताभुङ्ग ।

देशले युवाको क्षमता पहिचान गरेर किन जिम्मेवारी सुम्पन सक्दैन ?४० प्रतिशत युवाशक्ति भएको मुलुकलेआजको वैज्ञानिक युगमा युवालाई जिम्मेवार बनाएरउदाहरण र भिजन किन माग्दैन, अवसर किन दिन सक्दैन?यसको विपरीत हिंसात्मक कार्य र विरोधका हुलदुङ्गा गर्न पार्टी संगठनको झोला भिराएर युवाशक्तिलाई चर्को हतियार किन बनाइन्छ ? राजनीतिमा बलिका बोका किन बनाइरहिन्छ ?विज्ञसँग देशलाई अब कसरी बनाउने भन्ने गोष्ठी, छलफल, अनुसन्धात्मक खोजी किन गराउँदैन ?तिम्रो क्षमता के हो र इच्छा के हो भन्ने विषयमा लेखाजोखा गरेर विकास निर्माणमा आपूm बृद्ध भएकाले सल्लाहकार बन्छु भनेर किन भन्न सक्दैन ? भकारो किन ओगटिरहन्छ ?युवालाई सल्लाह दिने र अभिभावकत्व सुम्पेर सन्तानको दायित्व बोध गर्ने सोचभन्दा धेरै तल्लो सोचमा हाम्रो देश कमजोर छ । यसबाट पनि नैतिक भ्रष्टाचार भइरहेको छ ।

यदि समान स्तरका नेताको उल्झन र पूर्वाग्रह भइरहेमा समस्या भयानक बन्छ । यो सरकारलाई अवसर र जटिलताका दोबाटामा एउटै गाँठो खोल्नुपर्ने चुनौती छ । विकासको बिगुल घन्काउन ढिलो भइसक्यो । बहुमतको सरकार हुँदा पनि कामको भन्दा बढी पार्टीकै संगठनको किचलो मच्चिरह्यो भने जनविश्वासमा प्रहार हुनेछ ।

आपूmलाई निर्दोष बनाएर चुक्ली खेल्ने स्वार्थको मपाईँत्वभित्र स्वार्थको सोचले राजनीति– मानसिक तथा शारीरिक दुवै अवस्थामा फितलो बन्छ । तब त– जापान जसरी, चीन जसरी, भूपरिवेष्ठित देश स्वीटजरल्यान्ड जसरी हामी उक्सिन सकेनौँ । कुर्सिको रनाहाभन्दा विकासको दमाहा बजाउने सोचको एकता चलाउने हो भने सिङ्गापुरको विकास जस्तै द्रुत उन्नतिको अनुमान गर्न सकिन्छ । यहाँ स्विटजरल्यान्डको सपना बाँढ्नै पर्ने होइन मात्र नेपाललाई नेपालै जस्तो बनाउने कुरा हो । तर, बेथितिको चाङमा उनिएका स–साना हैसियतभन्दा तल जाने विचारले विकास र विश्वासमा दाग लागिरहन्छ । आलोचना र समालोचनालाई बोध गर्न नसक्ने मानसिकताबाट पनि मुलुकले चाहे जसरी मुहार फेर्न सक्दैन । बहस होओस्, गाली सुन्न सक्ने क्षमता होओस्, न्यायिक सोचले जनताको मनोभावना बोध गरियोस् । लोकतन्त्र हो विरोध हुन्छन् नै तर कुण्ठाको परिणाम पनि त एटम बमभन्दा शक्तिशाली बन्ने भयलाई माझ्ने सिद्धान्त जन्माउने खुबी हामी कसैमा छैन र ?

खरायो र कछुवाको दौडको कथामा– खरायोले कछुवालाई धेरै पर बिस्तारै आएको देखेर बाटोमा आराम गर्दैगर्दा भुसुक्क निदाएपछि कछुवाले दौड जित्यो । अर्कोपटक खोलापारिसम्म पुग्नुपर्ने अन्तिम केन्द्रबिन्दु बनाउँदा खरायो खोलासम्म त पुग्यो । पारी तर्न सकेन । अड्कियो । तर,कछुवा खुरुखुरु नदी पारी पुगेर दोस्रो पटक पनि उसैले दौड जित्यो । अझ अर्कोपटक दुवैले विचार माझेपछि जमिनभरि खरायोले कछुवालाई बोक्ने र पानी भएको ठाउँमा कछुवाले खरायोलाई बोक्ने सहमति भएपछि दुवैले जित्ने ‘जितैजितको सिद्धान्त’ (वुइन वुइन थेउरी) ले कार्य सम्पन्नतामा सहज बनायो ।विचारलाई माझ्दै विकासमा अघि बढ्दा यो सिद्धान्त राजनीतिक सुधार र आदर्शको आधार बन्न सक्छ ।

उपल्लादेखि तलैसम्म पार्टी संयोजन, किचलो, चिन्ता र चिन्तनको विषयले लामो समय खाइसक्यो । सत्यलाई ढाक्न सकिँदैन– देशमा बेथिति महङ्गी, अत्याचार, भ्रष्टाचार कम भयो भन्ने अवस्था पनि छैन । बलात्कारका घटना दिनहुँ लज्जास्पद तबरमा आइरहेका छन् । एक्काइसौँ शताब्दीमा छाउगोठको सोच नबदलिने संस्कारमा हामी सबै जसो रोगी छौँ । अशिक्षा र अभावको प्रताडनाले अन्धविश्वास आपैmँ भाग्छ भन्ने मान्यता र सिद्धान्तलाई हामीले मनन गर्न बिर्सेका पनि छौँ । अर्को पक्ष, आधारभूत अवस्था ठीक नभई करको दायरामा ह्वात्तै वृद्धि गर्दा दैनिक प्रयोगका चामल, दाल, खाने तेल, मरमसलामा महङ्गी अकाशिएको विषय लुकाएर लुक्ने विषय होइन, वर्तमान बाध्यता हो । सानो परिणाममा किन्दा महङ्गो हुन्छ, एकैचोटि धेरै किन्दा फाइदा हुन्छ– सामन्ती संस्कृतिको जड हो । गरिबसँग पैसा हुँदैन, थोरै किन्छ, मारमा परिरहन्छ ।

सम्पन्नले धेरै किन्छ, सस्तो पर्छ– यथार्थ विश्वजनीन ध्रुव सत्य हो । तसर्थ, जनताको सबैभन्दा ठूलो समस्या करको करकर होइन, अत्यावश्यकीय सुविधा र आधारबिनाको बिना दृष्टिकोणको एकालापीय शैलीप्रतिको आक्रोश हो । संघीय अभ्याससँग कमसेकम सामान्य जनतामा अलिअिल त चेतना बढ्दै छ । अधिकार बाँडफाँड भएका छन् । हरेक परिवर्तनमा जटिलता हुन्छन् भन्ने ज्ञान सबैमा नहोला तर व्यावहारिक सत्यतथ्यतिर बुझ्ने रहर हुन्छ, आलोचना हुन्छ तर सरकारले जनमतलाई जित्नु आलोचनाको समालोचना गर्नु र प्रेमको राजनीति गर्नु आजको आवश्यकता हो ।

इतिहास साक्षी छ, नेताहरू मौरीका रानाभैmँ चारतिर अलिअलि जनता बोकेर कुटमिरातिर गाँड बनाउने लक्ष्यमा छन् । यदि समान स्तरका नेताको उल्झन र पूर्वाग्रह भइरहेमा समस्या भयानक बन्छ । यो सरकारलाई अवसर र जटिलताका दोबाटामा एउटै गाँठो खोल्नुपर्ने चुनौती छ । विकासको बिगुल घन्काउन ढिलो भइसक्यो । बहुमतको सरकार हुँदा पनि कामको भन्दा बढी पार्टीकै संगठनको किचलो मच्चिरह्यो भने जनविश्वासमा प्रहार हुनेछ । नागरिक अर्थात् मानिसको आँखाले हेर्न नजान्ने ठुटे राजनीतिक कार्यकर्तालेअन्धो समर्थन र अन्धो विरोध गरिरहेमा समृद्धिका कुरा सजिलै पूरा हुँदैन । शक्ति, सम्पत्ति र कुटनीतिको जालमा सामान्य जनतालाई होम्ने हरेक पार्टीको संगठनात्मक शैली अब रूपान्तरण भएर सिर्जनात्मक बन्नुपर्छ । पार्टीका भातृसंगठनले विकासका कार्यमा सघाउने र अनैतिक कार्यमा असहमति जनाउने नीति पनि बोक्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्