सरकार गैर जिम्मेवार हुँदा मुलुकको राष्ट्रियता र अर्थतन्त्र इतिहासकै कमजोरः केसी



यमलाल भुसाल, बुटवल ।
नेपाली कांगे्रसका नेता अर्जुन नरसिंह केसीले वर्तमान ओली सरकार गैर जिम्मेवार शैलीमा चलेको बताउनु भएको छ ।
सर्वसत्ताबादको दम्बमा उत्रीएको सरकार गैर जिम्मेवार बनेकै कारण मुलुकको राष्ट्र, राष्ट्रियता र अर्थतन्त्र इतिहांसकै कमजोर बनेको बताउनु भयो ।
ओली सरकारले देशलाई भन्दा पार्टी र व्यक्तिलाई माथि राखेर एकदलीय रुपमा चलेकै कारण अहिले राष्ट्र, राष्ट्रियताको अवस्था कमजोर बनेको ठोकुवा उहाँले गर्नुभयो ।

रिपोर्टर्स क्लवले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले राष्ट्रियताको नारा बाड्ने सरकारकै पालामा राष्ट्रिय परिस्थिति गम्भीर बन्नु दुःखको कुरो भएको धारणा राख्नु भयो ।

सरकारले हाबादारीका नारा बांँडेर जनतालाई भ्रममा पारेको आरोप लगाउंदै नेता केसीले ओली सरकार आफ्नै गल्तीका कारण ढल्ने बताउनुभयो ।
सरकार निरंकुश शैलीमा सर्वसत्ताबादको बाटोमा हिडेको दावी गर्दै एकदलीय कम्युनिष्टको शासन व्यवस्थाबाट देश नचल्ने भन्दै आलोचना गर्नुभयो ।
सरकार र कम्युनिष्टहरुप्रति आलोचना गर्दै दुई तिहाईको दम्व देखाएर ओली सरकार सेना आफै चलाउने सुरमा रहेको दावी गर्दै कम्युनिष्ट सरकारप्रति जनता रुष्ट रहेको उहांको दावी रहेको छ ।

प्रधानमन्त्री ओलीले संसदीय प्रकिृया र मुल्य मान्यतालाई तोडेको आरोप लगाउंदै उहाँले सरकार लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा नभएको समेत बताउनुभयो ।

राष्ट्रिय सुरक्षा परिषद् विधेयक त्रुटीपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री हावी हुन खोजेकाले रोक्नु पर्ने उहाँको तर्क छ । निरंकुश शैलीमा चलेको सरकारले स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न लागेकोे आरोप लगाउनुभयो । लोकतन्त्र र पे्रस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोज््दा सरकार आफै नियन्त्रण हुने बताउनुभयो ।

राज्यको ढुकुटी आफ्नो नाममा गराउने नेताहरुलाई कानुन अनुसार कारवाही गर्नुपर्ने र गलत काम गर्ने नेतालाई निलम्बन गर्नुपर्ने उहाँको माग रहेको छ ।

दुई तिहाई बहुमतको सरकारले महङी, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र अपराधमा संलग्नहरुलाई राजनीतिक आवरणमा संरक्षण दिएकाले यस्ता खालका गलत क्रियाकलापको कांगे्रस बिरोधी भएको उहांको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्