१२ करोडको क्लव हाउस यवायुवतीलाई प्रवेशमा रोक



यमलाल भुसाल, बुटवल ।
१८ वर्ष मुनीका युवा युवतीलाई प्रवेसमा निषेध गरि आधुनिक वातानुकुलित वातावरणमा संचालन गर्ने गरि रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा छहारी क्लव हाउस एण्ड वेन्क्वेट प्रा.लि.को शुभारम्भ गरिएको छ ।

मध्यपान र धुम्रपानमा वालवालिका नफसुन भनी १८ वर्ष नपुगेकाहरुलाई आफनो क्लव हाउसमा प्रवेसमा निषेध गरिएको क्लवका अध्यक्ष ईश्वरी मरासिनीले बताउनु भयो ।

त्यतीमात्र नभई क्लवले आफनो मुनाफाको ५ प्रतिशत रकम स्थानिय रुपमा सामाजिक काममा लगाउने प्रतिवद्धता सहित नगरपालिकाको वडा कार्यालयसंग सम्झौता समेत गरिसकेको छ । छहारी क्लव हाउसको विशेषता भनेको हरेक खानामा नयाँ स्वाद दिने रहेको आईतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

बिकासमा फट्को मार्दै गरेको तिलोत्तमा नगरपालिकामा नयाँ उद्योग, व्यवसाय खुल्नेक्रम तिब्रवन्दै गएको छ ।
लगानीको सम्भावना बढी देखिएपछी लगानीकर्ताले लगानी बढाउदै लगेका छन ।

पछिल्ला दिनमा तिलोत्तमामा होटल तथा पर्यटन व्यवसायमा अझ बढी लगानी भइरहेको छ ।
मणिग्रामको डिमल्याण्ड गोल्ड रिसोर्ट, स्टार लेवलको टाइगर रिसोर्ट लगायत सिमित स्तरीय होटल रहेकोमा अहिले स्तरीय होटल खुल्नेक्रम बढीरहेको छ । डाइभरटोलमा होटल टुलिप सञ्चालनमा आई सकेको छ । एसआर होटल अनौपचारीक रुपमा सुरुवात भएको छ । दजर्न बढी स्तरीय होटल निर्माण भईरहेका छन । उद्योगी चन्द्रमान श्रेष्ठले मंगलापुर र भलवाडीको बिचमा स्तरीय होटल तथा रिसोर्टको निर्माण गरिरहनु भएको छ ।

त्यस्तै व्यापारी बालकृष्ण भुसालले तिलोत्तमामा नै २ वटा ५ तारे होटल खोल्ने तयारी गर्नु भएको छ ।
बैदेशिक क्षेत्रमा लामो अनुभव संंगालेका युवा र रुपन्देहीमा सहकारी क्षेत्रको विज्ञको रुपमा स्थापित एक युवा समेत गरी ४ युवाको करिव १२ करोड रुपैयाको लगानीमा स्वास्थ्य सम्वन्धि बिभिन्न सेवा सुबिधा सहितको स्तरीय छहारी क्लव हाउस सञ्चालनमा ल्याईएको हो ।
सहकारी बीज्ञ इश्वरी मरासिनी, अष्टेलियाबाट हेल्थ एण्ड फिटनेशमा स्नाकोत्तर गर्नु भएका राजकुमार शर्मा, फिनल्याण्डमा वायोटेक्नोलोजीको अध्ययन गर्नु भएका शिव सागर भण्डारी र भारतबाट एमबिए गर्नु भएका सुदन भण्डारीले रुपन्देहीमा नयाँखालको स्वास्थ्य सेवा सहितको होटल सञ्चालनमा ल्याउनु भएको छ ।

प्रा.लि.ले सञ्चालनमा ल्याएको होटल तथा रेष्टुरेण्ट भित्र नै वार्षिक ३० हजारमा योगा ,एरोविक जिम,सावना, फिटनेश स्वीमिङ्ग पुल तथा फुटसल, व्याटमिन्टन र वास्केटवल खेल खेल्ने व्यवस्था मिलाईएको छ ।

प्रा.लि.का निर्देशक राज कुमार शर्माले बिदेशी तथा स्वदेशी पर्यटकलाई मध्यनजर गरी यस क्षेत्रमा लगानी गरेको र नमुनाका रुपमा होटल सञ्चालन गर्ने बताउनु भयो । धेरै पढेपछी बिदेशमा काम गर्नुपर्छ भन्ने मान्यतालाई तोडदै स्वदेशमा पनि धेरै सम्भावना छ भन्ने सिकाउन आफुहरुले नयाँ खालको होटलमा लगानी गरेको बताउनु भयो ।

प्रा.लि.का अध्यक्ष समेत रहेका सहकारी विज्ञ मरासिनीले रुपन्देहीमा ठुलो लगानी अनुत्पादक क्षेत्रमा रहेकाले त्यसलाई उत्पादनमूलक क्षेत्रमा लगाउन उत्साहित गराउन र बिदेशमा अध्ययन गरेका युवाका लागि पनि रुपन्देहीमा आम्दानीको ठुलो सम्भावना छ भन्ने देखाउन बिदेशमा पढेका युवाहरुलाई आफुले संयोजन गरेर यस क्षेत्रमा लगाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्