विकट क्षेत्रमा घुम्ती शिविर



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको सबै भन्दा बिकट क्षेत्रका स्थानीयको सेवाका लागी घुम्ती शिविर मार्फत सेवा प्रदान गरिएको छ । आठविसकोट नगरपालिका गोतामकोटमा घुम्ती शिविरबाट ३ सय ४६ जनालाई नागरिक्ता प्रदान गरियो छ । दुइ दिने घुम्ती शिविर मार्फत ३ सय ४६ जनालाई नेपाली नागरिक्ता प्रदान गरिएको हो ।

आठविसकोट नगरपालिका वडा ४,५ र ६ को आयोजना तथा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको समन्वयमा दुइ दिन सम्म सन्चालन भएको शिविरमा ३ सय ४६ जनालाई नागरिता वितरण गरिएको हो । १ सय ८७ जना महिला र १ सय ५९ जना पुरुष लाई जिल्ला प्रशासन कार्यालय बाट बंशजको आधारमा दिइने नेपाली नागरिक्ता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शेर बहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार उक्त घुम्ती शिविरमा जिल्ला निर्बाचन कार्यालयको समन्वयमा ४ सय १९जनाको मतदाता नामावलिमा नाम दर्ता गरिएको छ । जसमा २ सय १२जना महिला र २ सय ७ जना पुरुषको मतदाता नामावलीमा नाम दर्ता गरिएको हो । उहाँका अनुसार शिविरमा २ वटा घरेलु उद्योग पनि दर्ता गरिएका छन ।

यस्तै जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिम र मेरि स्टोप को सहकार्यमा सञ्चालन भएको स्वास्थ्य शिबिरमा १ सय ५६ जनाले चिनिको मात्रा तथा रक्तचापको जाँच गराएका छन । यस्तै आइयुसिडि सेवा लिनेमा २ जना रहेका छन भने इम्पलान्ट सेवा २० जनाले लिएका छन ।

परामर्श लिनेर र इम्पलान्ट निकाल्नेमा २२ गरि जम्मा २ सय जनाले स्वास्थ्य सम्वन्धि सेवा लिएका छन । उक्त शिविरमा भेटनरी अस्पताल तथा पसुसेवा केन्द्र रुकुम पश्चीम र पशु सेवा केन्द आठविसकोटको सहकार्यमा ७ हजार ९ सय ५२ वटा पशुपंक्षीहरुको स्वास्थ्य उपचार पनि गरिएको छ ।

५ हजार ११ वटा भेडाबाख्रा, १४ सय ८४ गाइगोरु, ३ सय ८० भैँसी, ८३ वटा कुकुर र ९ सय ९४ वटा कुखुरा गरि जम्मा ७ हजार ९ सय ५२ वटा पशु पंक्षिको स्वास्थ्य उपचार गरिएको आठविसकोट नगरपालिका आर्थिक विकास शाखामा कार्यरत नायव पशु सेवा प्राविधिक कमल केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त सेवा बाट ४ सय ७२ घरधुरी लाभाम्वीत भएका छन । यसै विच शिविरमा तरकारी विउ उत्पादन केन्द्र चाँपा रुकुम पश्चिमले त्यहाँका ३ सय ६५ जना कृषकलाई तरकारीका विउ वितरण गरिएको नायब पशु सेवा प्राविधिक केसीले बताउनुभयो । सेवाग्राहीको चाप नरोकिएकोले शिविर अझै केही दिन सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी शभ्भुप्रसाद रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्