सामुदायिक विद्यालयमा भर्ना हुनेलाई गाउँपालिकाद्धारा सहयोग रकम



यमलाल भुसाल, बुटवल ।
रुपन्देहीको रोहिणी गाउँपालिका भित्र रहेका सामुदायीक बिद्यालयहरुलाई बिद्यार्थीबाट भर्ना शुल्क नलिन गाउँपालिकाले निर्णय गरि निर्देशन दिएको छ् ।

रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गाउँपालिका भित्र रहेका बिद्यालयहरुलाई बिद्यार्थीबाट भर्ना शुल्क नलिन निर्देशन दिर्नु भएको छ ।

कतिपय बिद्यालयले बिद्यार्थीबाट रकम उठाएर बिद्यालयको बैंक मौज्दात मात्र बढाएको उहाँको आरोप छ ।
“बिद्यार्थी र उनिहरुको अभिभावकको रगत पसिनाको कमाई चुसेर बिद्यालयले आफनो बैंक ब्यालेन्स बढाउनु गलत हो” यादवले भन्नु भयो “त्यस कारण अबका दिनमा गाउँपालिकाका कुनै पनि सामुदायिक बिद्यालयमा भर्ना शुल्क लिईने छैन ।”

रामनरेश यादव आदर्श माध्यमकि बिद्यालयका कक्षा ११ का बिद्यार्थीले कक्षा १२ को बिद्यार्थी बिदाई कार्यक्रममा बोल्दै उहाँले यसै शैक्षिक सत्र देखी नै भर्ना निशुल्क गरिएको बताउनु भयो । यसको लागी गाउँ शिक्षा समितिबाट समेत निर्णय भई सकेको यादवले जानकारी दिनु भयो । स्थानिय तहले अब सबै बिद्यालयको अनुगमन गर्ने उहाँले बताउनु भयो ।

जति बिद्यार्थी भर्ना हुन्छन ती सबै बिद्यार्थीको भर्ना बापतको शुल्क गाउँपालिकाले भुक्तानी गर्ने अध्यक्ष यादवले बताउनु भयो ।
कुनै पनि हालत रोहिणी गाउँपालिकाका सामुदायिक बिद्यालयहरुले भर्ना शुल्क लिन नपाउने र लिएको भए पनि त्यसलाई फिर्ता गर्न उहाँले बिद्यालयहरुलाई निर्देशन दिएको बताउनु भयो ।

बिद्यालयको कोष बढाएर कतिपय बिद्यालयका कर्मचारी र बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीले कोष हिनामिना गरि रहेको उजुरीहरु गाउँपालिकामा आई रहेको उहाँको कथन छ । अबका दिनमा कोष बढाउन भन्दा पनि शैक्षिक स्तर उकास्न बिद्यालयलाई आग्रह समेत गर्नु भयोे ।

प्रतिक्रिया दिनुहोस्