राहत शिक्षिकाविरुद्ध मुद्दा दायर



बारा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महाविर मा.वि ब्रम्हापुरी, कलैया, बाराको प्रा.वि. राहत शिक्षिका कृति थापा खड्काविरुद्ध विशेष दालतमा मुद्दा दायर गरेको छ । आयोगले बारा कलैया– ७ बस्दै आउनुभएकी शिक्षिका कृतिले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी प्रा.वि.राहत शिक्षक पदमा जागिर खाइरहेको खुल्न आएपछि आईतवार अदालतमा मुद्दा दायर गरेको हो ।

कृतिले विहार विद्यालय परीक्षा समिति, पटना, भारतबाट मध्यमा परीक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाण–पत्र पेश गरी जागीर खाँदै लाभ लिईरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो । उहाँका अनुसार शिक्षिका कृतिलाई कानून बमोजिम सजाय हुन माग गरि अदालतमा मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्