थ्रीडी प्रिन्टरबाट कृतिम मुटु निर्माण गर्न सफल



जेरुसलम (एजेन्सी)
इजरायली वैज्ञानिकहरुले हालै मात्र त्रिआयामिक थ्रीडी प्रिन्टिग प्रविधिको मद्दतबाट कोशिका र धमिनी सहितको मुटु निर्माण गर्न सफलता हासिल गरेका छ ।

चिकित्सा विज्ञान क्षेत्रमा यसलाई एक महत्वपुर्ण खोजका रुपमा लिएको छ , किनभने यसअघि वैज्ञानिकहरुले मानव शरीरको कोषहरु मात्र बनाएका थिए । यसमा धमनी राख्न सकेको थिएन । यसको खास विशेषता भनेको यसलाई मान कोशिकाहरुबाट बनाइएको छ ।

इजरायलको तेल अभिव युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले बनाएको यो मुटु अहिले नै पुर्ण रुपमा काम गर्न सक्षम भने छैन । यद्यपी पहिलो पटक वैज्ञानिक थ्रीडी प्रविधिबाट कृत्रिम मुटु बनाउने दिशामा यति नजिक पुगेको हो ।

यसअघि कोशिकाको प्रयोगबाट वैज्ञानिक मुटुको आकारमात्रै तयार गर्न सक्षम भएका थिए । तर त्यसमा रक्त सन्चारका लागि धमिनी बनाउन असम्भव जस्तो प्रमापिणत भएको थियो । धमनी सहितको मुटु विकास गरेको यो पहिलो हो ।
थ्रीडी प्रिन्टेड यो मुटुको आकार भने खरायोको जत्रो मात्र हो । यद्यपी अनुसन्धानकर्ताह चाँदै नै उनीहरु मानवका लागि प्रयोग गर्न सकिने मुटु पनि तयार गर्न सकिनेमा विश्वस्त छन् ।

वास्तवमा यो पुस्ताको थ्रीडी प्रिन्ट रिजोलुसनका मिमिलामा सिमित छ । यस स्थितिमा अत्यन्त मसिना रक्त धमनी बनाउन कठिन सावित हुने छ । यो कठिनाईबाट पार पाएपछि नै मानवका लागि मुटु बनाउन सम्भव हुनेछ । मानव मुटु निर्माणका लागि अत्यन्त अत्याधुनिक संसाधनको आवश्यक भएको उनीहरुले बताएका छन् ।

कृत्रिम मुटु बनाउने टोलीका सदस्य र बायोटेक्नोलोजी तथा बायोलोजीका प्रोफेसर डाक्टर टलड्विरका अनुसार कोशिकालाई अहिले आफै पम्पिंग क्षमता विकास गुर्न पर्ने हुन्छ । अहिले यो खुम्चन सक्षम छ तर त्यसलाई सँगसँगै काम गराउनु वास्तविक चुनौती बनेको छ । आगामी १० दिनसम्म आफु लगातार कृत्रिम मुटुलाई काम गर्न सक्षम बनाउने प्रयासमा लागिरहेने ड्विरले बताए ।

विश्वमा मुटुको विरामी हरेक बर्ष करोडौंको संख्यामा मृत्यु हुने गरेको छ । भारत, अमेरिका, युरोप लगायत करिब सबै देशमा मुटुका रोगीको संख्यामा लगातार बृद्धी भइरहेको छ । यस परिस्थितिमा गम्भिर मुटुको रोगका लागि मुटु प्रत्यारोपन एक मात्र विकल्पका रुपमा देखिएको छ । यद्यपी यो ह्रदयघात हुने अन्तिम अवस्थामा मात्र सम्भव हुने गरेको छ । साथै कयौं पटक विरामीले सही दानकर्तालाई कुर्नु पर्ने बाध्यता पनि हुन सक्छ र यो विरामीको सवालमा अत्यन्त खतरनाक हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्