पर्ल हत्यारा पक्राउ



पेशावर (एजेन्सी)
अमेरिकी पत्रकार डेनियल पर्लको हत्या तथा देशमा अन्य कयौं आपराधिक गतिविधिमा संलग्न २ पाकिस्तानी तालिबान कट्टरपन्थीलाई गिरफ्तार गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

खैबर पख्तुनख्वाका मनशेरा जिलाका आतंकवाद विरोधी विभागले तहरिक ए तालिबान पाकिस्तान (टीटीपी)का सबैभन्दा खराब आतंकवादी भएको जनाएको छ ।

अजिम जान र मोहम्मद अनवरलाई गुप्तचर सुचनाका आधारमा चलाइएको अभियानका क्रममा पक्राउ गरिएको अधिकारीहरुले बताए । उनीहरु सन् २००२ मा अमेरिकी पत्रकार पर्लको अपहरण र हत्यामा संलग्न थिए ।

 

प्रतिक्रिया दिनुहोस्