नोट्र डेम पुननिर्माणमा दाताको घुइंचो



पेरिस (एजेन्सी)
फ्रान्सको ऐतिहासिक नोट्र डेम गिर्जाघरको पुननिर्माणका लागि केही घण्टामै ७० करोड युरो संकलन भएको छ । राष्ट्रपति इम्यानुयल म्याक्रोंले मंगलबार आगलागीबाट ध्वस्त भएको उक्त गिर्जाघर पुननिर्माण गर्ने घोषणा गरेका थिए ।

उनको घोषणा लगत्तै सामाजिक संस्था, ब्यापारी र अन्य संघसंस्था दानका लागि अगाडी आएका थिए । आगलागीबाट गिर्जाघरको छतको धेरै हिस्सा ध्वस्त भएको छ । मिनार ढलेको र कयौं कलाकृति तथा चित्रकला नष्ट भएको बताइएकोछ ।

तर भित्ता, बेल टावर, तथा चित्रकलाले भरिपुण गोलाकार काँचका झ्यालहरु सुरक्षित राख्न सफल भएको जनाइएको छ ।

उक्त चर्च आगलागीको घटनालाई लिएर बेलायतकी महारानी एलिजावेथ पनि गहिरो दुख ब्यक्त गरेकी छिन् । उनले चर्चको पुननिर्माणमा पनि चासो देखाएको सन्चार माध्ममले जनाएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नोट्र डेम गिर्जाघर निर्माणमा चासो देखाएका छन् । उनले पोप फ्रान्सिस र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंसँग टेलिफोनमा वार्ता गरि चर्च पुननिर्माणका लागि सहयोग गर्ने इच्छा ब्यक्त गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्