स्मिथको पहिलो कप्तानीमा जित



नयाँ दिल्ली, (एजेन्सी)
आजिन्क्य रहाणेको स्थानमा कप्तान भएका स्टिभ स्मिथले राजस्थान रोयल्सलाई जित दिलाएका छन् । भारतीय प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको हो ।

बल टेम्परिङले ५९ रन बनाएपछि मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य अन्तिमओभरको पहिलो बलमा प्राप्त गरेको थियो । यो जितसँगै राजस्थानले ९ खेलबाट ६ अंक जोडेको छ भने मुम्बईको १२ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्