सिटिजन्स बैंक १३औं वर्षमा प्रवेश



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले १२ वर्ष पूरा गरी १३औंँ वर्षमा प्रवेश गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७५÷७६ को तेस्रो त्रयमाससम्ममा ६८ अर्ब ६८ करोड निक्षेप संकलन गरी ६३ अर्ब ५९ करोड रुपिया“ कर्जा प्रवाह गर्दा १ अर्ब ४९ करोड १४ लाख सञ्चालन नाफा र १ अर्ब ६ करोड खुद नाफा गरेकोे छ । जुन गत वर्ष सोही अवधिको तुलनामा क्रमशः ४ दशमलव शून्य २ प्रतिशत र ५ं दशमलव ९१ प्रतिशतले वृद्धि हो ।

वार्षिकोत्सव पारेर बैंकले बैंकिङसम्बन्धी जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी आयोजना गरेको थियो । बैंकको प्रांगणबाट शुरु भएको सो प्रभातफेरी सिटिजन्स बैंक (नारायणहिटीपथ – हात्तिसार – कमलादी गणेश – तिनधारा – दरबारमार्ग —नारायणस्थान हु“दै पुुनः बैंकको प्रांगणमा आएर टुगिएको थियो ।

त्यसक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गर्ने ं कर्मचारीलाई दीर्घ सेवा सम्मान पदक प्रदान गर्नु भएको छ ।

वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले गरिब बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कार्यरत स्नो याक फाउन्डेसन लाई आर्थिक सहयोग स्वरुप एक लाख, एड्स संक्रमित भएका बालबालिकालाई सेवा गरिरहेको संस्था ‘बेबी लाइफ होम’ किर्तिपुर लाई आर्थिक सहयोग स्वरुप २ लाख र विभिन्न उमेर समुहका असमर्थ असक्त, अपांग र मानसिक सन्तुलन गुमेर सडकमा आएका अशक्तहरुको उद्धार गरी आश्रममा ल्याई औषधि उपचारसहितको गा“स, बा“सको व्यवस्था गर्दै आई रहेको चितवन मानव सेवा आश्रमलाई ३ लाख रुपिया“ आर्थिक सहयोग प्रदान गरेको छ ।

त्यस्तै बैंकले केन्द्रीय कार्यालयका अतिरिक्त भक्तपुर, भैसेपाटी, कुपण्डोल र उपत्यका बाहिरका विराटनगर, दमक, धरान, जनकपुर, वीरगन्ज, बनेपा, हेटौंडा, नारायणघाट, पोखराको सिमलचौर, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, महेन्द्रनगर, विर्तामोड गरी कुल १९ स्थानबाट रक्तदान कार्यक्रम गरेको छ ।
बैैंकले ८१ वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाईबाट करिब चार लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्