कांग्रेसको देशव्यापी जागरण अभियान: ७७ वटै जिल्लामा खटाइए केन्द्रीय प्रतिनिधि



नेपाल समाचारपत्र, काठमाडौँ
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशव्यापी जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु खटाएको छ ।

पार्टी संगठन सुधार र सरकारको गलत क्रियाकलापको भण्डाफोरका लागि उक्त पार्टीले ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सुरु गर्न लागेको हो ।

साथै यस अभियानका क्रममा महासमिति बैठकबाट पारित नीति तथा कार्यक्रम, संशोधित विधान, कांग्रेसको भावी नीति–रणनीतिबारे स्थानीय तहलाई समेत सुसूचित गरिने छ ।

यस अभियानअन्तर्गत पहिलोचरणमा यही वैशाख ११ गतेदेखि जेठ ११ गतेसम्म ७७ जिल्लाकै लागि कार्यक्रम तय गरिएको छ । यसअनुसार पहिलोचरणमा प्रदेश १ का १४ जिल्लामध्ये ताप्लेजुङमा सरिता प्रसाईं, पाँचथरमा लक्ष्मी परियार, इलाममा अमृत अर्याल, संखुवासभामा सीता गुरुङ, तेह्रथुममा हसन अन्सारी, धनकुटामा डा. नारायण खड्का, भोजपुरमा रामहरि खतिवडा, खोटाङमा उदयशमशेर राणा, सोलुखुम्बुमा लक्ष्मी राई, ओखलढुंगामा मीनाक्षी झा, उदयपुरमा प्रदीप गिरी, झापामा ज्ञानेन्द्रबहादुर कार्की, मोरङमा कृष्णप्रसाद सिटौला र सुनसरीमा महेश आचार्यलाई खटाइएको छ ।

प्रदेश २ का ८ जिल्लामध्ये सप्तरीमा आनन्दप्रसाद ढुंगाना, सिरहामा महेन्द्र यादव, धनुषामा बलबहादुर केसी, महोत्तरीमा चित्रलेखा यादव, सर्लाहीमा महालक्ष्मी उपाध्याय ‘डिना’, रौतहटमा रमेश रिजाल, बारामा प्रकाशमान सिंह र पर्सामा फरमूल्लाह मन्सुरलाई केन्द्रीय प्रतिनिधिको रुपमा पठाइएको छ ।
डा. शेखर कोइराला, डा. रामशरण महत, रामकृष्ण यादव, अर्जुन नरसिंह केसीलगायतलाई प्रदेश नम्बर ३ मा खटाइएको छ ।

कोइराला काभ्रे, डा. महत सिन्धुली, यादव दोलखा र केसीलाई मकवानपुर खटाइएको हो । प्रदेश ३ को रामेछापमा किरण यादव, सिन्धुपाल्चोकमा अम्बिका बस्नेत, रसुवामा जीवन परियार, नुवाकोटमा मीन विश्वकर्मा, धादिङमा प्रदीप पौडेल र चितवनमा रमेश लेखकलाई केन्द्रीय प्रतिनिधिको रुपमा पठाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका लागि भने क्रमशः बालकृष्ण खाँण, डा. मीनेन्द्र रिजाल र सुरेन्द्रराज पाण्डे खटिनुभएको छ ।

-दोस्रो चरण भदौ २४ र तेस्रो चरण पुस ७ गतेदेखि
-सरकारको गलत क्रियाकलापको भण्डाफोर गरिने

गण्डकी प्रदेशका ११ जिल्लाअन्तर्गत गोरखामा ध्यानगोविन्द रञ्जित, लम्जुङमा कमला पन्त, तनहुँमा नवीन्द्रराज जोशी, कास्कीमा अर्जुनप्रसाद जोशी, मनाङमा कृष्णचन्द्र नेपाली, मुस्ताङमा बहादुरसिंह लामा, पर्वतमा चिनकाजी श्रेष्ठ, स्याङ्जामा गोविन्द भट्टराई, म्याग्दीमा शुक्रराज शर्मा, बाग्लुङमा शंकर भण्डारी र नवलपुर (बर्दघाट सुस्तापूर्व) दीपक गिरी खटिनुभएको छ ।

प्रदेश ५ का १२ जिल्लामध्ये नवलपरासीमा राधेचन्द्र यादव, रुपन्देहीमा पुष्पा भुसाल, कपिलवस्तुमा हरिप्रसाद नेपाल, पाल्पामा बालकृष्ण पाण्डे, अर्घाखाँचीमा दीपकुमार उपाध्याय, गुल्मीमा अजयकुमार चौरसिया, रूकुम (पूर्वी भाग)मा रत्न शेरचन, रोल्पामा मानबहादुर विश्वकर्मा, प्युठानमा शिवराज जोशी, दाङमा मोहनबहादुर बस्नेत, बाँकेमा श्यामकुमार घिमिरे र बर्दियामा डा. डिला संग्रौलालाई केन्द्रीय प्रतिनिधिका रुपमा पठाइएको छ ।

कर्णाली प्रदेशको १० जिल्लाअन्तर्गत रूकुम (पश्चिम भाग), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख र सुर्खेतमा क्रमशः राजनप्रसाद पन्त, पार्वता डीसी चौधरी, कुमार खड्का, रमा पौडेल, दिनबन्धु श्रेष्ठ, हृदयराम थानी, डा. चन्द्र भण्डारी, धु्रव वाग्ले, दिलबहादुर घर्ती र जीवनबहादुर शाही केन्द्रीय प्रतिनिधिका रुपमा जाँदै हुनुहुन्छ ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये बाजुरामा दिलेन्द्रप्रसाद बडू, बझाङमा मनमोहन भट्टराई, डोटीमा शिवप्रसाद हुमागार्इं, अछाममा गगनकुमार थापा, दार्चुलामा अतहर कमाल मुसलमान, बैतडीमा किरणराज शर्मापौडेल, डडेल्धुरामा वीरबहादुर बलायर, कञ्चनपुरमा गुरुराज घिमिरे र कैलालीमा एनपी साउदलाई खटाइएको छ ।

तीनचरणमा गर्न लागिएको उक्त अभियानलाई जिल्ला, निर्वाचन क्षेत्र हुँदै स्थानीय तहसम्म पु¥याउने तयारी भइरहेको छ ।

पहिलो चरणअन्तर्गत एकमहिने जागरण अभियान सकिएपछि दोस्रोचरणको अभियान भदौ २४ गतेदेखि असोज ७ गतेसम्म १५ दिन चल्ने बताइएको छ ।
तेस्रोचरणको अभियान भने पुस ७ गतेदेखि पुस १६ गतेसम्म १० दिन सञ्चालन हुनेछ । दोस्रोचरणमा प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५३ गाउँ–नगरमा केन्द्रीय प्रतिनिधि खटाइने छ ।

प्रतिक्रिया दिनुहोस्