शिक्षा पुर्वाधारको पनि पुर्वाधार हो: मन्त्रि पोखरेल



किरन धामी दार्चुला ।
देश कस्तो छ भन्ने कुरा शिक्षाले निर्धारण गर्ने भन्दै शिक्षा पुर्वाधारको पनि पुर्वाधार भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि गिरीराजमणी पोखरेलले बताउनु भएको छ । शिक्षा विकास तथा समन्वय इकाई दार्चुला द्धारा जिल्ला सदरमुकाम खलंगामा आयोजित दार्चुला जिल्लामा शिक्षाको वर्तमान अवस्था र भावी योजना सम्बन्धि अन्र्तक्रिया कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्रि पोखरेलले यस्तो बताउनु भएको हो ।

शिक्षालाई श्रम, श्रमलाई सिप, सिपलाई उत्पादन र उत्पादनलाई समृद्धि संग जोड्नु पर्ने उहाले बताउनु भयो । ‘अरुलाई पुर्वाधारको विकास मात्रै विकास हो जस्तो लाग्छ त्यो संधै भ्रम हो मन्त्रि पोखरेलले भन्नुभयो ।’ साथै उहाले शिक्षकहरुको दरबन्दी मिलानको प्रतिवेदनको आधारमा शिक्षकहरुको समायोजनको प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको जानकारी गराउनु भएको छ ।

देशभरी ४८ हजार शिक्षकहरुको अभाव रहेको भन्दै उहाले सो विषयमा छलफल गरेर अगाढी बढ्नु पर्ने बताउनु भयो । अनिवार्य र चिकित्सा शिक्षा ऐन संसदबाट पारित भएको उहाको भनाई छ । शिक्षा क्षेत्रको चौतर्फी विकासका लागी बजेट बढाउने गरी अर्थ मन्त्रि संग छलफल भैइरहेको समेत मन्त्रि पोखरेलको भनाई छ ।

माद्यमिक विद्यालयहरुमा विज्ञान र आईसिटीको ल्याब आवश्य रहेको भन्दै मन्त्रि पोखरेलले विषयगत शिक्षकको समस्यालाई समेत हल गर्नु पर्ने बताउनु भयो । ‘सुशासन नहुनु शिक्षा क्षेत्रको डर लाग्दो विषय हो कक्षाकोठाको प्रस्तुतीले नै शिक्षकको परिभाषा दिन्छ, उहाले भन्नभयो ।’

अन्तमा मन्त्रि पोखरेलले शिक्षकहरुलाई समेत प्रहार गर्नु भएको छ । वालवालिकाको भविष्य माथी खेलबाड गर्ने अधिकार कसैलाई नभएको भन्दै नयाँ पुस्तालाई अध्यायपन गराउन नसक्ने शिक्षकले शिक्षा पेशा छोड्न आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्