वडाध्यक्षले जग्गा प्रदान गरेपछि वन्ने भयो फ्युज सेवा भवन



नेपाल समाचारपत्र, पाल्पा ।

जिल्लाको पश्चिम भागमा पर्ने रिव्दीकोट गाउँ पालिकाका वडाध्यक्षले निशुल्क रुपमा जग्गा प्रदान गरे पछि विद्युत फ्युज सेवा निर्माणका लागि आवश्यक भवन वन्ने भएको छ । जग्गा प्रदान सँगै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पाल्पा अन्तर्गतको हार्थोक फ्युज सेवा निर्माणका लागि पाँचकोठे भवनको एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ ।

रिब्दीकोट गाउँपालिका ३ खस्यौलीमा उक्त सेवाका लागि भवनको शिलान्यास गरिएको हो । वर्षातको समयमा विद्युत सेवा नियमित नहुँदा हुने समस्या समाधान गर्न थप सहयोग पुग्ने प्राधिकरणले जनाएको छ । रिब्दीकोट गाउँपालिकाका जनताहरुमा विद्युत फ्युज सेवा निर्माणका लागि आवश्यक भवनको शिलान्यास भएपछि भने केही आशा पलाएको छ ।

एउटा फ्युज जाँदा समेत त्यसको मर्मतको लागि जिल्लामा सम्पर्क गर्नुपर्ने समस्या खेप्नुपरेको स्थानीयले गुनासो गर्दै आएका थिए । उक्त सेवाका लागि भवन गाउँमै बन्ने भएपछि १२ हजार सेवाग्राही लाभाम्वित हुने प्राधिकरणको पाल्पा वितरण केन्द्रले जनाएको छ ।

तानसेनबाट नजिकै रहेको रिब्दीकोटमा वर्षात्को समयमा पानी पर्ने र रुखका हाँगा झर्दा तार चुँडिएर विद्युत आपूर्तिको समस्यालाई कम गर्न फ्युज सेवाले सहयोग गर्दै आएको छ । भवनको प्राधिकरण बुटवलका क्षेत्रीय निर्देशक भानुभक्त भट्टराईले शिलान्यास गर्नु भयो ।

भवनको निर्देशक भट्टराईले विद्युत अनियमित हुने समस्या भएका स्थानहरुको पहिचान गरी सेवा प्रवाह गर्न प्राधिकरण प्रतिवद्ध रहेको बताउनु भयो । सोही अवसरमा जग्गादाता रिब्दीकोट गाउँपालिका ३ का वडा अध्यक्ष विष्णुप्रसाद खनाल र उनकी पत्नी गीता खनाललाई सम्मान समेत गरिएको थियो ।

भवन ५० लाखको लागतमा निर्माण हुने भवनबाट सेवा संचालनमा आएपछि रिब्दीकोट गाउँपालिकाका ग्राहकले सर्वसुलभ रुपमा सेवा प्राप्त गर्नुका साथै मर्मत सम्भार तथा आवश्यक सेवा सहज रुपमा प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्