शाश्वत स्वरहरूभित्रका सूर्य



सन्तोष कार्की

साहित्य, साहित्यिक पत्रकारिता र शिक्षण पेशामा निरन्तर लागिरहेका सर्जक हुन् सूर्यप्रसाद लाकोजू। साहित्य साधनामा विगत दुई दशकदेखि आप्mनो समय खर्चिरहेका सूर्यप्र्रसाद लोकाजूको यतिबेला शाश्वत स्वरहरू मुक्तक सङ्ग्रह बजारमा आएको छ। उनको योे विधागत हिसाबले तेस्रो मुक्तक सङ्ग्रह हो। कविता, निबन्ध, हाइकु, बालसाहित्य, मुक्तक लेखनदेखि लिएर साहित्यिक पत्रकारिता समेतमा एकोहोरो रूपमा लागिरहेका छन्।

अनवरत रूपमा साहित्य सिर्जनामा लागेका लोकाजूका रचनामा देशप्रेम, प्रकृति प्रेम, प्रणय भाव, व्यङ्ग्यचेत तथा सामाजिक व्यवहारको ज्वलन्त उदाहरण पाइन्छन्।

मुक्तकको बजार त्यति धेरै नभए पनि लोकाजू यसैमा घण्टौँ हराउँछन्। सायद यो उनको त्यसप्रतिको लगाव नै हो।

बजारको पछि लाग्नुभन्दा पनि समाज सुधारका निम्ति समय खर्चनुलाई आप्mनो कर्तव्य ठान्छन्। साहित्यका लोकप्रिय विधा मध्येको सबैभन्दा सानो विधाको रूपमा मुक्तकलाई लिइन्छ। संरचनाका दृष्टिले सानो भए पनि थोरैमा धेरै भन्न सकिने चोटिलो विधाको रूपमा मुक्तक विस्तारित हुँदैछ।

शाश्वत स्वरहरूभित्रका मुक्तकहरू चोटिलो, घोचिलो र पेचिलो छन्। सरलता र सरसता लोकाजूको मुक्तकको विशेषता हो। शाश्वत स्वरहरूमा मूलत ः राष्ट्रभक्ति, प्रकृतिको विभिन्न रूपको चित्रण, शृङ्गारिकता, अस्तित्ववाद, विसङ्गतिवाद, व्यङ्ग्यवादी चेतना पाइन्छ। मूलत लाकोजूका मुक्तकहरू राष्ट्रप्रेमले प्रभावित छन्।

लाकोजूका मुक्तकका पङ्क्तिहरूमा माया, प्रीति, विरह, वेदनाका छालहरू छल्किएका छन्। उनले प्रेमी र प्रेमिकाको अनुभूतिलाई छामेका छन् ः

रित्तो थियो प्रेमको गाग्री भर्न मन लाग्यो
ह्रदयभरी तिम्रो नाम छर्न मन लाग्यो
मन लाग्दैन बस्न यहाँ तिमीविना एक्लै
तिम्रो मनमा सुटुक्क डेरा सर्न मन लाग्यो।

साथै यिनका मुक्तकले विग्रँदो राजनैतिक पबृत्तिप्रति गहिरो छेड हानेका छन्। नेता वा नेतृत्ववर्गको व्यवहारले जनता आजित भएको भाव मुक्तकका पङ्क्तिमा छल्किएका छन्।

त्यति मात्र होइन, सामाजिक, सांस्कृतिक परिपाटी र त्यसको भावलाई समेत देखाइएको छ। मानव जातिको व्यवहार वा रहनसहनले कलात्मक रूपमा प्रस्ुत भएको छ। उनका मुक्तकले व्यङ्ग्य मात्र होइन, समाज सुधार र अस्तित्ववादी चिन्तनको बुटीको काम पनि गरेका छन्। साथै कृषि कर्मलाई लोकाजूले उच्च सम्मान दिदँै कृषकको योगदान र मर्मलाई देखाएका छन्।

मुक्तक संरचनाका दृष्टिले सानो विधा हुँदै हो तर यसले एकै पटकमा धेरै कुरा बोल्न सक्छ। लोकाजूको साहित्य सिर्जना दैनन्दिन निखारिदै र माझिँदै गएका छन्। त्यसको दरिलो दृष्टान्त हो ः शाश्वत स्वरहरू। मुक्तककार सूर्यलाई तेस्रो पटक यसै मुक्तक सङ्ग्रहले पुन ः जन्माएको छ।

यसभित्र समेटिएका भावहरूले पक्कै पनि समाज र साहित्यको श्रीवृद्धि गर्ने छन्। एक सय एक पृष्ठसम्म लमतन्न भएर फिजिएको शाश्वत स्वरहरूभित्र एकसय एकओटा मुक्तकहरू लटरम्म फलेका छन्। सञ्जीवनी पब्लिकेसन प्रकाशक रहेको कृतिको मूल्य दुई सय पचास रूपैयाँ राखिएको छ।

प्रतिक्रिया दिनुहोस्