आर्थिक अभावमा विद्यालयहरु बन्द हुने अवस्थामा



सरिता चलाउने, सल्यान ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका भित्रका निमाविमा सञ्चालन हुदै आएका विद्यालयहरु आर्थिक अभावमा वन्द हुने अवस्थामा पुगेका छन् । नगरका ८ वटा कक्षा १ देखि ८ कक्षा सम्म सञ्चालन भएक हुन ।

कक्षा ८ सञ्चालन भैरहेका विद्यालयहरु शिक्षकलाई तलवको जोहो हुन नसक्दा कक्षा ५ मा झर्ने अवस्थामा पुगेको विद्यालयहरुका प्रधानाध्यापकहरुको दुखेको छ । निमावि सञ्चालन गर्न हौसिएका स्थानीय अभिभावकहरु पैसा तीर्दा तीर्दै हैरानी परिसकेका छन् ।

स्थानीय सरकारबाट कुनै सहयोग नहुदाँ त्यस्ता निमाविहरुमा निजी स्रोतमा खुवाउँदै आएको तलव समेत लाखौको बक्यौता हुन थाले पछि पढाउने शिक्षकहरुले समेत विद्यालय छाड्न थालेका छन् । राधा निम्न माद्ययमिक विद्यालय भलाखर्कका प्रधानाध्यापक टोपवहादुर वुढाका अनुसार आफ्नो विद्यालयमा निजी शिक्षकलाई तलव खुवाउन नसकेको बताउनु भयो । गत ३ वर्ष अघि देखि तलव खुवाउन नसक्दा शिक्षकलाई दिनु पर्ने ५ लाख बढि नाघेको जानकारी दिनु भयो ।

त्यसैगरी भैरवी निमावि बेलखोला, जय नेपाल निमावि गर्चे, सरस्वती निमावि लाँखर, भेरी निमावि गरा, भगवती निमावि गर्चे लगाएत ८ अटा यस्ता विद्यालयहरु स्थानीय सरकारले व्यवास्था गरे ५ कक्षामा झार्ने विद्यालयहरुका प्रअहरुको भनाई रहेको छ । स्थानीय अभिभावक र चन्दाबाट मात्रै अव विद्यालय सञ्चालन गर्न निक्कै ग्राहो भैरहेको भेरी निमावि गराका अर्का प्रअ हेमराज वलीको गुनासो छ ।

उदारोमा मात्रै कति दिन अर्काको श्रमशोसण गर्ने, पैसा नदिदाँ निजी स्रोतका शिक्षकहरुले पढाउन समेत कन्जुस्याँई गर्ने गरेको उहाँको भनाई छ । ज्याला नदिएर काम गराउँदा आफुहरुलाई अफ्ठेरो महसुस हुने ओलीको भनाई छ ।

निमावि सञ्चालन भएका विद्यालयको कथा व्यथा कसैले सुन्न नचाहेको अभिभावको गुनासो छ । वर्षौ देखि अभिभावको सहयोग र चन्दाबाट सञ्चालन हुदै आएका उक्त विद्यालयहरुमा चरम आर्थिक संकटले कक्षा सञ्चालन गर्न निक्कै ग्राहो भएको छ ।

निमाविहरु यती वेला भर्ना अभियान भन्दा पनि विद्यार्थी भर्ना गर्ने कि विद्यालय वन्द गर्ने भनेर दोधारे बाटोमा परेका छन् । बनगाड कुपिण्डे नगरपालिकाको कार्यपालीका भित्र जनप्रतिनीधीको वेमेल गर्दा शिक्षा क्षेत्रका अवस्था तहस नहस भएको शिक्षा जानकारहरुको वुझाई छ । विद्यालयको खातामा हाल सम्म शिक्षकको तलव वाहेका अन्य कुनै शिर्षकको निकास नहुदाँ दैनिक प्रशासनिक कामकाज समेत लथालिङ अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्