बैतडी साक्षर जिल्ला घोषणा



विनोद सिंह विष्ट, बैतडी ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पनि सरकार लागि परेको बताउनुभएको छ । शुक्रवार बैतडी जिल्लालाई साक्षर जिल्ला घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्तो बताउनुभएको हो । व्यवहारिक र सीपयुक्त शिक्षा आजको आवश्यकता भएको उहाँले औंल्याउनुभयो । साथै शिक्षाको गुणस्तर सुधारका लागी शिक्षक ,अभिभावक महत्वपूर्ण भुमीका रहन्छ उहाँले भन्नुभयो “शिक्षकले राजनितीभन्दा टाढा रहेर अध्यापन गराउनुपर्छ, शिक्षामा रुपान्तरण हुनुपर्छ” सरकारले शैक्षिक क्षेत्रको विकासका लागी विभिन्न ऐन पास गरेको छ उहाँले थप्नुभयो “राजनिती नझल्कीनका लागी गरि परिक्षाको नतिजा राम्रो आउनुपर्छ ”

यसैबिच बैतडीलाई शुक्रवार ४९ औँ जिल्लाका रुपमा साक्षर जिल्ला घोषणा गरिएको छ । घोषणा गर्ने तयारी भएको झण्डै १० महिनापछी साक्षर जिल्ला घोषणा गरिएको हो । आज एक कार्यक्रमकाबीच शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले जिल्लालाई साक्षरता जिल्ला घोषणा गर्नुभएको हो ।

जिल्लामा १५ देखि ६० बर्ष सम्मका नागरिक मध्ये ९६.९२ प्रतिशत नागरिक साक्षर भएपछि जिल्लालाई साक्षरता जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो ।

अनौपचारिक शिक्षा अन्तर्गत विभिन्न कक्षाहरु सञ्चालन गरेर साक्षरता अभियान सञ्चालन गरेको र सोही अभियानको फलस्वरुप बैतडी साक्षर जिल्ला घोषणा भएको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष ०७१⁄०७२ मा गरिएको साक्षरता सर्वेक्षण अनुसार १५ वर्ष भन्दा माथिको निरक्षर संख्या ६४ हजार ३ सय ५७ मध्ये ५९ हजार ९ सय ९७ जना साक्षर रहेका छन् ।
बैतडी देशको ४९ औं जिल्लाको रुपमा साक्षर जिल्ला घोषणा भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । जिल्लालाई साक्षर घोषणा गर्नुअघि दशओटै स्थानीय तहहरुलाई साक्षर घोषणा गरिएको थियो । जिल्लाका १० वटै स्थानीय तह गत असारमा साक्षर घोषणा गरिएका थिए । प्रत्येक स्थानीय तहबाट तथ्यांक संकलन गरेर साक्षर घोषणाका मापदण्ड पूरा भएपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताउनुभयो ।
जिल्ला सदरमुकामस्थित बीरेन्द्र माविमा बैतडी जिल्ला साक्षर घोषणा कार्यक्रममा बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारी, क्षेत्र नं ख का प्रदेशसभा सदस्य लीलाधर भट्ट लगायतको सहभागिता रहेको थियो ।
साक्षर घोषणा कार्यक्रमको सुरुमा जिल्लामा कार्यरत शिक्षक, विद्यार्थी, शैक्षिक संघसंस्थामा आवद्घ व्यक्ति, शिक्षाप्रेमी, बुद्घिजीवि लगायतको सहभागितामा सदरमुकाम क्षेत्रमा ¥याली निकालिएको हो ।

प्रतिक्रिया दिनुहोस्