राप्रपाका कार्यकर्तामाथि प्रहरीको लाठी



हेटौंडा ।
हिन्दुराज्य माग गर्दै हेटौंडाको मुख्य बजारमा धर्मनिरपेक्षताको पोष्टर जलाउने क्रममा प्रहरीले राप्रपाका कार्यकर्तामाथि लाठीचार्ज गरेको छ । प्रहरीको लाठीबाट राप्रपाको दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा कृष्ण बिडारी तथा अर्जुन खुलाल छन् ।

प्रहरीले शुक्रबार दिउँसो पोष्टर जलाउँदा आगलागी हुने डरले भन्दै पोष्टर नियन्त्रणमा लिने क्रममा बल प्रयोग गरेको हो । राप्रपा मकवानपुर अध्यक्ष तथा केन्द्रीय सदस्य मधु अधिकारीको नेतृत्वमा हेटौंडाको मुख्य बजार क्षेत्रमा पोष्टर जलाउँदा प्रहरीले लाठी बर्साएको हो । लाठीचार्जबाट राप्रपाका केही कार्यकर्ता घाइते भएको पार्टीले जनाएको छ ।

कार्यक्रममा राप्रपा नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, जिल्ला नेता सीताराम बर्तौलालगायतको सहभागिता थियो । प्रहरीले बजारको व्यस्त सीमाचोकमा पोष्टर जलाउन खोज्दा धरपकड गरेको थियो । राप्रपाको राष्ट्रिय कार्यक्रमअन्तर्गत् भएको ¥यालीमा सीमाचोक पुगेर नारा लगाउँदै पोष्टर जलाउन थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरीले हस्तक्षेप गरेपछि राप्रपा मकवानपुर अध्यक्ष अधिकारीले प्रहरीको दमनको विरोध गर्नुभयो । उहाँले भन्नुभयो–यो कम्युनिष्ट सरकारको दमन हो । हामीले सरकारी दमनविरुद्ध विरोध प्रदर्शन ग¥यौं अनि दमनबीच कार्यक्रम सकेर फर्कियौं । उहाँका अनुसार झडपमा घाइते भएकाहरुलाई सामान्य उपचारपछि घर पठाइएको छ । उहाँले प्रहरीको गतिविधि र सरकारी दमनको भत्र्सना गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्