दुई भारतियको शिर छेदन गरि मृत्युदण्ड



रियाद (एजेन्सी)
सउदी अरेबियामा दुई भारतियलाई लुटपात तथा हत्याको अभियोगमा शिर छेदन गरीएको छ । ती दुबै भारतिय पन्जाव प्रान्तका थिए । उनीहरु वर्क परिमिटमा त्यहाँ काम गरिरहेका थिए ।

पन्जावको होशियारपुरका सतविन्दर र लुधियानाका हरजित सिंहलाई फेब्रअरीमा मृत्युदण्ड सुनाइएको थियो । सतविन्दरकी पत्नीले सरकारमा आफनो कुरा सुन्ने कोही नभएको गुणासो गरेकी छिन् । अन्तिम पटक फेब्रुअरी २१ मा पतिसँग अन्तिम कुराकानी भएको तर सजायँका विषयमा केही थाहा नभएको उनले बताइन् ।

सतविन्दर सिंह र हरजित सिंहलाई फेब्रुअरी मै फाँसीको सजायँ सुनाइएको थियो तर परिवारजनलाई सोमबार मात्रै त्यसको जानकारी दिइएको थियो ।
सोमबार मन्त्रालयको तर्फबाट एक मेल मार्फत मृत्युका पुष्टि गर्दै दुबैजना सउदी अरेबियामा ड्राइवर रहेको र उनीहरुलाई मृत्युदण्ड सुनाइएको जानकारी दिएका उनीहरुले बताएका छन् ।

ती दुबै सन् २०१३ मा वर्क परमिटमा साउदी अरेबिया गएका थिए । दुबै माथि एक अर्को भारतियको हत्याको आरोपमा डिसेम्बर २०१५ मा गिरफतार गरिएको थियो । मन्त्रालयको पत्रमा उनीहरु तीनै जना लुटपातको घटनामा संलग्न रहेको उल्लेख गरेको छ ।

पैसाको बाँडफाडलाई लिएर उनीहरुबीच झगडा भएको हुँदा हरजित र सतविन्दरले आरिफको हत्या गरेका थिए । उनीहरुले उनको शव मरुभुमीमा फ्याकेका थिए ।

सोधपुछका क्रममा दुबैले आफनो अपराध स्विकार गरेका थिए । सउदी अरेबियाको कानुन अनुसार मृत्युदण्ड पाएका ब्यक्तीको शव न त परिवारलाई न त उनको देशलाई नै फिर्ता गर्न सक्छ । मृत्युदण्ड पाएको दुई महिनापछि मात्र मृत्यु प्रमाण जारी गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्