मेयरहरुका पनि मेयर व्याञ्जु काभ्रे एकीकृत विकासको नेतृत्व गर्दै



मोतिराम तिमल्सिना, काभ्रे ।
नेपाल नगरपालिका संघको छैटौ अधिबेशनबाट धुलिखेल नगरपालिका नगर प्रमुख तथा नगरपालिका संघका संयोजक अशोक ब्याञ्जु सर्वसम्वत निर्विरोध निर्वाचित हुनु भए पछि अन्र्तराष्ट्रिय क्षेत्रमै नगरपालिकारुको तर्फबाट सह अध्यक्ष हुनु भएको छ ।

इण्डोनेसियामा सम्पन्न सातौ युसीयलजी एस्पाकमा नेपाल भरका नगरपालिकाहरुको तर्फबाट धुलिखेल नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु सअ अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो । अध्यक्ष ब्याञ्जु देशभरका २ सय ९३ नगरपालिकाहरुको अध्यक्षमा भर्खरै निर्विरोध निर्वाचित हुनु भएको थियो ।

विश्वका ८० वटा नगरपालिकाहरु मध्ये धुलिखेल नगरपािलका उक्त सम्मेलनमा छनौटमा परेको थियो । नेपालका तर्फबाट ब्याञ्जुले उक्त सम्मेलनमा सहभागिता जनाउनु भएको थियो । विश्वका ६ देशको समर्थन पछि ब्याञ्जु सह अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएको हो । इण्डोनेशियामा आयोजना गरिएको युनाईटेड सिटीज एण्ड लोकल गर्भमेन्ट एसिया प्यासिफिकले आयोजना गरेको सम्मेलनमा ब्याञ्जुले भाग लिनु भएको थियो । उक्त सम्मेलनबाट अध्यक्षमा इण्डोनेसियाको सुराबाया नगरपालिकाका मेयर डा. ट्रिस्मा हार्नी, सह अध्यक्षमा नेपालका तर्फबाट धुलिखेल नगरपालिका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु निर्वाचित हुनु भएको थियो ।


देशभरका स्थानीय सरकारलाई बलियो बनाउन तत्कालका समस्या र दीर्घकालीन समस्याहरुको समाधानका लागि नगर प्रमुख ब्याञ्जुले महत्वपूर्ण भूमिका खेल्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा धुलिखेल नगरपालिकाबाट उपप्रमुख भई संघको उपाध्यक्षमा निर्वाचित हनु भएका ब्याञ्जु संघको उपाध्यक्ष हुँदै धुलिखेल नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि संयोजक रहनु भएको थियो । विश्वका विभिन्न देशहरुको भ्रमण गरी नेपालका नगरपालिकाहरुको विकास र सम्वृद्धीका लागि मुख्य भूमिका खेलेका ब्याञ्जु २० वर्ष अध्यक्ष रहेका हालका प्रदेश तीनका मुख्य मन्त्री डोरमणी पौड्याल संघका अध्यक्ष हुँदा कुशल नेतृत्वकर्ताका रुपमा स्थापित हुनु भएको थियो ।

धुलिखेलको प्रमुख, राष्ट्रिय स्तरमा मेयरहरुको पनि मेयर र अन्र्तराष्ट्रिय स्तरमा सह अध्यक्ष हुनु भएपछि ब्याञ्जुलाई जिल्लाका प्रमुख विकासका कार्यहरुमा मियो मान्दै जिम्मेवारी प्रदान गरिएको छ । जिल्लाको एकीकृत खानेपानीको कार्य अन्तिम चरणमा पुगेको छ । साविक धुलिखेल, बनेपा र पनौतीका नागरिकलाई गुणस्तरीय खानेपानी खुवाउने योजनालाई अन्तिम रुप दिन लाग्दा स्मार्ट शहर र ठुला परियोजना संचालन गर्न काभ्रे भ्याली निर्देशक समिति गठन भएको छ । पुर्वाधार निर्माणमा ९८ प्रतिशत काम सम्पन्न भएको एकीकृत खानेपानीको बाँकी कार्य अन्तिम चरणमा पुगेको छ ।

खानेपानीको कार्य सम्पन्न भए लगत्तै तीनवटा नगरपालिकालाई स्मार्ट सिटी बनाउन आवश्यक कार्य प्रारम्भ गरिएको छ । संघीय राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लाका तीन नगरमा एकिकृत विकासका लागि भएको प्रयास सार्थक बन्दै जान थालेको छ । एकिकृत विकाससँगै उप–महानगरपालिका गठनको पुर्व तयारी शुरु भएको छ । पछिल्लो समय स्मार्ट सिटीसँगै राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लाको बनेपा, धुलिखेल र पनौती नगरपालिकासँगै बेथाञ्चोक गाउँपालिकाको सबै सिमाना भित्र रहेका क्षेत्रमा रणनीतिक शहरी पुर्वाधार विकास योजना परियोजना संचालन गर्न काभ्रे भ्याली निर्देशक समिति गठन भएको छ ।

एकिकृत विकास मार्फत तीन नगरपालिका र एक गाउँपालिका समेतकोे सिमानालाई उप महानगरपालिकाको अभ्यासका रुपमा लिईएको छ । शहरी विकास तथा भवन निर्माण विभागको आर्थिक सहयोग तथा सहजिकरणमा धुलिखेल नगरपालिकामा आयोजित परिचयात्मक कार्यशाला गोष्ठीबाट नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु निर्देशक समितिको संयोजक चयन हुनु भएको थियो ।

काभ्रे भ्यालीलाई स्मार्ट बनाउने उदेश्यले ‘काभ्रे उपत्यकाको समृद्धीको आधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, ब्यापार र पुर्वाधार’ भन्ने भिजन राख्ने निर्णय भएको छ । स्मार्ट काभ्रे भ्यालीका लागि पनौतीको त्रिवेणीघाट देखि धुलिखेल श्रीखण्डपुर हुँदै बनेपाको शेरा र पाण्डे गाउँसम्मको करिव १६ किलोमिटर करिडोर बाटोलाई पक्किकरण गर्ने निर्णय गरेको छ । साथै ट्रिटमेन्ट प्लान्ट सहितको फोहोरमैला ब्यवस्थापनका लागि तीन वटै नगरपालिकाको संयुक्त सहमतिमा उपयुक्त स्थानमा निर्माण गर्ने र नगरकोट टनचोक धुलिखेल नमोबुद्ध बल्थली नागिडाँडा गुर्दुम खानीडाँडा लाकुरी भन्ज्याङ्गलाई पर्यटकिय पूर्वाधार सहितको पदमार्ग निर्माण गर्ने निर्णय गरेको छ । काभ्रे भ्याली मार्फत गठन हुने दुई ठुला परियोजनाको छनौट र कार्यान्वयनसँगै काभ्रे भ्यालीमा रहेका तीन नगरपालिका र एउटा गाउँपालिकाको समृद्धीको यात्रा शुरु भएको छ ।

धुलिखेल र काभ्रेका लागि तय गरिएका लगानी सम्मेलनका मुख्य आयोजनाहरुले पनि काभ्रे जिल्ला विकासका हिसावले अगाडी बढ्न लागेको संकेत मिलेको छ । जसको नेतृत्व धुलिखेलका मेयर अशोक ब्याञ्जुले गर्नु भएको छ । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको मन्त्री भए लगत्तै जिल्लाका महत्वपूर्ण आयोजनाहरुमा थप सहजता भएको हो ।

प्रतिक्रिया दिनुहोस्