सरकारले गरेका कामबारे नागरिकलाई जानकारी हुनु आवश्यकः सांसद भण्डारी



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सांसद दामोदर भण्डारीले सरकारले गरेका कामहरुको नागरिकलाई जानकारी हुनु जरुरी रहेको बताउनुभएको छ । मिडिया एक्सन नेपालले पत्रकारहरुका लागी बैतडीमा आयोजना गरेको संसदिय पत्रकारीता सम्बन्धी तालिमको बिहीवार समापन समारोहमा बोल्दै पुर्व अर्थराज्यमन्त्री समेत रहेका भण्डारीले पत्रकार र जनप्रतिनिधि एक अर्काका मार्गदर्शक भएको बताउनुभयो ।
आफुले धेरैजसो बिषयहरु पत्रकारले उठान गरेका बिषयहरु लेखेकै आधारमा सरकार तथा संसद समक्ष प्रस्तुत गर्ने गरेको बताउनुभयो । पत्रकारहरुले सरकारको आलोचना गर्नु स्वाभाबिक भएको बताउदैँ उहाँले सरकारले गरिरहेका कामहरुको समेत जनतालाई जानकारी दिन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
पत्रकारले गरेको आलोचनाका कारण सरकार जिम्मेवार बन्ने बताउदैँ सरकारका राम्रा कदमका बारेमा समेत जानकारी गराईदिन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
सरकारले तय गरेको सुखि नेपालि, सम्बृद्ध नेपालको लक्ष्यलाई सफल पार्न पत्रकारहरुको पनि भुमिका रहने बताउदैँ सांसद भण्डारीले सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम र अन्य कार्यक्रमहरुको बिषयमा नागरिकलाई जानकारी गराईदिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्