पत्रकारकारिता जगतको अभिभावक गुमाईयोः फोनिज



काठमाडौँ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पत्रकारकारिता जगतको अभिभावक गुमाईएको बताएको छ । फोनिजले कामना न्यूज पब्लिकेसन्स प्रा.लि.का अध्यक्ष तथा नेपाल समाचारपत्र दैनिक र कामना मासिक पत्रिकाका प्रधान सम्पादक वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै यस्तो बताएको हो । उहाँले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानलाई पत्रकारिता जगतले सधैँ स्मरण गरिरहनेसमेत फोनिजका सचिव मिलन लिम्बूले बताउनुभयो ।

श्रेष्ठको उपचारको क्रममा बुधबार ६० वर्षको उमेरमा निधन भएको हो ।

श्रेष्ठ २०१६ सालमा काठमाडौंमा जन्मनु भएको थियो । २०६१ सालमा प्रेस काउन्सिल नेपालको सदस्य हुनु भएका श्रेष्ठले २०५२ देखि २०५३ सालसम्म राष्ट्रिय समाचार समितिको सदस्यको रूपमा समेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्