भक्तपुरमा एक युवकको झुण्डीएको अवस्थामा शव फेला



भक्तपुर । भक्तपुरमा झुण्डीएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

मध्यपुर थिमि नगरपालिका वडा नं १ मनहरा नरेफाँटमा हरिप्रसाद चौलागाईको काठको फर्निचरको सुत्ने टहराको कोठामा मकवानपुर राईगाउँ–३ घर भई सोही फर्निचरमा काम गर्ने १९ वर्षीय बीर बहादुर तामाङको झुण्डीएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक तामाङलाई झुण्डी रहेको अबस्थामा आफन्तले फेला पारेपछि तत्काल अस्पताल लगिएको र अस्पतालले मृत घोषणा गरेको जनाएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्