प्रधानमन्त्री मोदीको कारगेड खानतलासी गर्ने कर्मचारी निलम्बित



काठमाडौं । भारतको ओडिशा राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको कारगेड ‘खानतलासी गर्ने कर्मचारी निलम्बित भएका छन् । निर्वाचन आयोगले ‘प्रधानमन्त्रीको कारगेड ‘खानतलासी गर्नेदुस्साहस गरेको’ भन्दै एक ‘आइएस अधिकारी’लाई निलम्बन गरेको हो ।

प्रधानमन्त्री कार्यालयले निर्वाचन आयोगमा उजुरी दिएपछि आइएस अधिकारी मोहम्मद मोहसिनलाई आयोगले निलम्वन गरेको हो ।

प्रधानमन्त्री मोदी मंगलबार निर्वाचन अभियानको क्रममा ओडिशाको संबलपुर पुगेका थिए । मोहसिनले प्रधानमन्त्री मोदीको कारगेड रोकेर खानतलासी गर्ने कोशिस गरेका थिए । कर्नाटकका मोहसिन संबलपुरमा निर्वाचन पर्यवेक्षकका रुपमा खटिएका थिए ।

प्रधानमन्त्री कार्यालयले आइएस अधिकारी मोहसिनको कार्यप्रति आपत्ति जनाएपछि निर्वाचन आयोगका अधिकारी छानविनका लागि ओडिशा पुगेका थिए । निर्वाचन आयोगले एसपिजीस्तरीय सुरक्षाप्राप्त प्रधानमन्त्रीको कारगेड खानतलाशीको दुस्साहस गरेको पाइएकोले निलम्वन गरिएको जनाएको छ ।

यसअघि निर्वाचन आयोगले अपमानजन्य र उन्माद फैलाउने अभिव्यक्ति दिएको भन्दै कतिपय नेतालाई समेत सचेत गराएको थियो । निर्वाचन आयोगले चार जना वरिष्ठ नेता, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी, बासपाकी नेतृ मायावती, सपाका नेता आजम खान र केन्द्रीय मन्त्री तथा भाजपाकी नेतृ मेनका गान्धीलाई चुनाव प्रचारमा हिड्न र सम्बोधन गर्न रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्