हेटौंडा उपमहानगरको वडा कार्यालयमा प्रेसर कुकर बम



हेटौडा । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर–८ कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ ।

वडा कार्यालयको गेटमै प्रेसर कुकरमा ‘बम’ लेखेर प्रेसर कुकर राखेको पाइएपछि सुरक्षाकर्मीले सो स्थान घेराबन्दी गरी निस्क्रिय बनाउने प्रयास गरेका छन् । विप्लव नेतृत्वको समूहले बन्द आह्वान गरेका कारण उक्त बम सोही समूहले राखेको हुन सक्ने प्रहरीको आशंका गरिएको छ ।

यस्तै हेटौंडा उपमहानगरपालिका–१९ तीनताप्केमा पनि शंकास्पद बस्तु फेला परेको जनाइएको छ । तारसहित प्रेसरकुकर फेला परेपछि सो क्षेत्रमा पनि सुरक्षाकर्मी पुगेर उक्त वस्तुको पहिचान तथा निस्क्रिय पार्ने प्रयास गरिरहेको जनाइएको छ । बम भेटिएको खबर सुनेपछि स्थानीय त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्