पोखराका दुई स्थानमा शंकास्पद बस्तु भेटियो



पोखरा । गण्डकी प्रदेशसभा भवन प्रवेश गेट आगाडी शंकास्पद बस्तु भेटिएको छ ।

नदिपुरमा रहेको प्रदेशसभा भवन प्रवेश गर्ने गेट अगाडी शंकास्पद बस्तु भेटिएको हो । बम हुन सक्ने भएकाले अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजको तयारी गरेको छ ।

त्यसै गरि जिरोकिमी नजिकै शंकास्पद बस्तु फेला परेको छ । कालो टेपले बेरेर राखेको अवस्थामा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्