पाल्पा । पाल्पामा सुतली बम पड्किएको छ ।
जिल्लाको को रिब्दिकोट गाउँपालिका ३ खस्यौली मा रहेको गाउँपालिका भवनमा बम पड्किएको हो । बमले गाउँपालिका भवनमा क्षति पुगेको छ ।
भर्खरै भएको बम विस्फोटपछि प्रहरीको टोली त्यसतर्फ लागेको हाम्रा जिल्ला संवाददाता सुनील कार्कीले जानकारी दिनुभयो ।
बम विप्लव समूहको नेकपाकाले पड्काएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि घटनाबारे थप विवरण भने आउन बाँकी छ ।