डेढ महीनामा ३ सय जनाले गराए स्वास्थ्य बिमा



(किरन धामी, दार्चुला ।
सुदुरपश्चिम प्रदेशको दुर्गम हिमाली जिल्ला दार्चुलामा डेढ महिनाको अवधीमा ३ सय जनाले स्वास्थ्य बिमा गराएका छन् । जिल्ला सदरमुकाम खलंगामा डेढ महिना पहिले स्थापना भएको स्वास्थ्य बिमा बोर्डको कार्यालयमा करिव ३ सय जनाले आफ्नो नाम दर्ता गराएको स्वास्थ्य बिमा बोर्ड दार्चुलाका दर्ता अधिकारी दिपक सिह क्षेत्रीले जानकारी दिनुभयो ।

नेपाल सरकार सामाजिक स्वाथ्य विकास समिति मार्फत २०७२ सालबाट सुरु गरीएको स्वास्थ्य बिमा कार्यक्रम दार्चुला जिल्लामा २०७५ फागुन २० गतेबाट लागु भएको थियो । जिल्लाका नौ वटै स्थानिय तहका ६१ वटाहरुमा दर्ता सहयोगी नियुक्त गरी स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रुपमा संचालन भैइरहेको उहाले बताउनु भयो ।

दार्चुलामा अगामी जेठ १ गतेबाट सेवा प्रदान गर्ने गरी स्वास्थ्य बिमा गराइरहेको दर्ता अधिकारी क्षेत्रीले जानकारी दिनुभयो । २०७५ को मंसिर, पौष, माघ, फागुन र चैत्रमा नाम दर्ता गराएका नागरिकले २०७६ जेठ १ गतेबाट सेवा प्राप्त गर्ने छन्, भने २०७६ को वैशाख, जेठ र असारमा नाम दर्ता गराएका नागरिकले भाद्र १ गतेबाट सेवा प्राप्त गर्ने उहाले बताउनु भयो ।

यस्तै साउन, भाद्र र असोजमा नाम दर्ता गराउनेले मंसिर १ गतेबाट, कार्तिक, मंसिर र पौषमा नाम दर्ता गराउनेले फागुन १ गतेबाट सेवा प्राप्त गर्ने उहाले जानकारी दिनुभयो । ‘जिल्लामा स्वास्थ्य बिमा लागु भए संगै गरिब, स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रुपमा स्वास्थ्य सेवा पाउछन्, दर्ता अधिकारी क्षेत्रीले भन्नुभयो’ ।

बिमा गरेपछि स्थानीयले एक वर्षसम्म बिमा गरेको परिवारको सदस्यलाई ५० हजार सम्मको स्वास्थ्य सेवा प्रदान गरिनेछ । तर, त्यस्तो सेवा भने समितिले तोकेको स्वास्थ्य संस्थाबाट मात्रै लिन सकिने उहाले बताउनु भयो । समितिले दार्चुलाको जिल्ला अस्पताल र गोकुलेश्वर अस्पताल तोकेको उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्