पुष्करलाल श्रेष्ठको पार्थिव शरीर भूगोलपार्कमा



काठमाडौं । कामना न्युज पब्लिकेसन प्रा.लि. का अध्यक्ष तथा प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको पार्थिव शरीर आज दिउसाे ३ बजेसम्म भूगोलपार्कमा राखिएकाे छ । उहाँलाइ दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि लगिने बताइएकाे छ ।

उहाँको २०७६ वैशाख ४ गते विहान ११ बजेर ४९ मिनेटमा ६० वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

करिब ५ महिनाअघि नाकमा समस्या देखिएका कारण उहाँको राजधानीको वयोधा अस्पतालमा नाक र त्यसलगत्तै ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रिया लगत्तै उहाँमा विभिन्न स्वास्थ्य समस्या देखापर्दै आएका थिए ।

त्यसपछि उहाँको नर्भिक अघि भारतको मेदान्त अस्पतालमा पनि उपचार भएको थियो । मेदान्त अस्पतालमा दुई महिना उपचार गराएर फर्किनिभएका उहाँले नर्भिक अस्पतालमा फिजोयोथेरापी लगायतका विधिबाट उपचार गर्दै अाउनुभएकाे थियाे ।


यस्ताे छ पुष्करलाल श्रेष्ठकाे ‘बायाेडाटा’

Bio-data of Pushkar sir

प्रतिक्रिया दिनुहोस्