प्रदेश- ५ लाई अपाङ्ग मैत्री बनाउने अभियानमा छौँः मन्त्री बराल



यमलाल भुसाल, बुटवल ।
प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेश ५ लाइ छिट्टै अपाङ मैत्री प्रदेश बनाइने दाबि गर्नुभएको छ । यस्का लागि सबैले हातेमालो गर्नुपर्ने उहाँको धारणा रहेको छ ।

राष्ट्रिय अपाङ्ग महासंघको आठौं महाधिबेशनमा प्रदेश ५ भित्रबाट निर्बा्चित कार्यसमितिलाइ मंगलवार बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री बरालले हरेक अपाङता भएका व्याक्तिहरुमा फरक प्रकृतिको क्षमता हुने बताउनुभयो ।
उहाँले राज्यले उनीहरुको विशेष क्षमतालाई पहिचान गरी क्षमताको उचित कदर र उचित अवसर प्रदान गर्नेमा ढुक्क हुन समेत आग्रह गर्नुभयो । उहाँले हजारौ चुनौतिको सामान गर्दै व्यक्ति सफल हुने भन्दै उक्त सफलताको पाटोमा अपांगता भएका व्यक्तिहरुको क्षमता साच्चैनै अनुकरणीय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अपाङ्ता भएका व्यक्तिहरुलाई मुलधारमा ल्याउनको लागि हरेक सचेत नागरिकहरुले साथ दिनुपर्दछ, राज्यस्थरबाट हुने अवसरमा कुनै पनि कमि हुन दिने छैन ।’

अपाङता भएका व्यक्तिहरुको हक अधिकार प्रदान गर्ने विषय लगायत उनीहरुलाई राज्यले प्रदान गर्ने सेवा सुविधा, रोजगारीका अवसरहरुमा प्राथमिकता दिने उहाँले बताउनुभयो ।

प्रदेश सरकार अपाङ मैत्री कानुन निर्माणको क्रममा रहेको भन्दै उहाँले कानुन कार्यान्वयन संगै अपाङ मैत्री प्रदेश ‘प्रदेश नम्बर ५’ घोषणा गरिने समेत बताउृनुभयो ।

सो अबसरमा सैनामैना नगरपालिकाकी उपमेयर बिना राना, राष्ट्रिय अपाङ महासंघका केन्द्रिय अध्यक्ष मित्रलाल शमा, प्रदेश ५ अध्यक्ष देवीदत्त आचार्य, प्रदेश उपाध्यक्ष शारदा भट्टराई, सचिव हुमनाथ अधिकारी, सुस्त मनस्थित बाल बिद्या मन्दिरका संचालक लोकनाथ भुसाल, नेत्रहिन संघका महासचिब शिबिर खनाल, लगायतले बोल्नुभएको थियो ।

अधिबेशनबाट अध्यक्षमा निर्बाचित मित्रलाल शर्मा, सचिबमा भाबुकजंग थापा र सदस्यहरुमा मिना भुसाल पाठक, सन्तोष पन्त, चिन्तामणि पौडेल, कृष्ण गौतम, पिताम्बर लम्साल, रामरतन हरिजनलाइ सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्