उभयचर ड्रोननौकाको विकास



बेइजिङ, (एजेन्सी)
चीनले विश्वकै पहिलो पानी तथा जमिनमा चल्ने ड्रोन नौकाको सफल परीक्षण गरेको छ। स्थल युद्धको अभियानमा उपयोगी हुने र हवाई ड्रोन तथा अन्य ड्रोन जहाजसँग मिलेर त्रिकोणात्मक समन्वय गर्न यो सक्षम भएको चिनियाँ सैन्य विश्लेषकहरूले बताएको सञ्चारमाध्यमले जनाएका छन्।

चाइना सिपविल्डिङ इन्डस्ट्री कर्पोरेसन (सीएसआईसी) अन्तर्गत रहेको वचाङ सिपविल्डिङ इन्डस्ट्री ग्रुपद्वारा निर्मित ‘मरिन लिजर्ड’ नामक यो ड्रोन नौकाले डेलिवरी जाँच सफलतापँर्वक पार गरेको सरकारी अखबार ‘ग्लोबल टाइम्स’ले जनाएको छ। उक्त ड्रोन अप्रिल ८ मा कारखानाबाट बाहिर आएको हो। एक अधिकारीका अनुसार १ हजार २ सय किलोमिटरको अधिकतम् विस्तार क्षमताको मरिन लिजर्डलाई उपग्रहको माध्यमबाट रिमोट कन्ट्रोल गर्न सकिन्छ।

पानीजहाका रूपमा विकसित १२ मिटर लामो मरिन लिजर्ड ३ समानान्तर हिस्सा भएको एक डुंगा हो। डिजेलबाट चल्ने यो ड्रोन हाइड्रोजेटको मद्दतबाट अगाडि बढ्छ र राडारबाट बच्दै अधिकतम् ५० नट माइलको गतिमा कुद्न सक्छ। जमिनका नजिक पुगेपछि यो उभयचर ड्रोन नौकाले आफँभित्र लुकाइएका ४ ट्र्याक इकाइलाई बाहिर निकाल्न सक्छ। जमिनमा प्रतिघन्टा २० किलोमिटरको बेगमा कुद्न सक्छ।
करिब १ खर्ब ७८ अर्ब डलरको रक्षा बजेट रहेको विश्वकै सबैभन्दा ठँलो चीनको सेना हालै वर्षमा नयाँ अत्याधुनिक हतियारको विकास गर्न ध्यान केन्द्रित गरिरहेका छन्।

गतवर्ष मात्र चीनले विश्वकै सबैभन्दा ठँलो एम्फिवियन विमानको सफल परीक्षण गरेका थिए। त्यसै गरी चीनले हालैका वर्षमा पाँचांै पुस्ताका स्टिल्थ युद्धक विमान विकास गर्नमा पनि सफलता हासिल गर्दै आइरहेको छ। विश्वमा अमेरिकापछि सैन्य क्षमता विकास गर्न सबैभन्दा धरै बजेट चीनको रहेको छ।

प्रतिक्रिया दिनुहोस्