मदन भण्डारी फाउण्डेसन बैतडीमा कार्की चयन



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीमा मदन भण्डारी फाउण्डेसनको जिल्ला कमिटि गठन गरिएको छ । चक्र कार्किको अध्यक्षतामा गठन गरिएको २७ सदस्यीय कमिटिको सचिवमा सन्तोसप्रकाश जोसी, कोषाध्यक्षमा सरस्वती नेपाली तथा अन्य सदस्यहरु रहेका छन् ।

फाउण्डेसनले आगामी दिनमा स्वर्गीय नेता मदन भण्डारीका बिचार गाउँगाउँ सम्म पु¥याउने तथा अन्य बिभिन्न कार्यक्रमहरु गर्ने बताइएको छ । सोमवार फाउण्डेसनका प्रदेश कमिटि सदस्य पुस्करराज जोसी लख्खाभाईको अध्यक्षतामा पाटनमा भएको कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधिसभा सांसद दामोदर भण्डारी तथा बिशिष्ट अतिथी प्रदेश सांसद लिलाधर भट्ट रहनुभएको थियो ।

फाउण्डेसनको जिल्ला कमिटिले आगामी जेठ ३ गते स्व. नेता भण्डारीको स्मृति दिवसको अवसरमा भलिवल प्रतियोगिता गरि दिवस भव्यताका साथ मनाउने निर्णय गरेको कमिटिका कोषाध्यक्ष सरस्वती नेपालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्