नयाँ वर्षको दिन मात्र फुल्ने अनौठो फूल



सुभेन्द्र दास, लाहान ।
सिरहाको लहान देखि ३ किलो मिटर पश्चिम दक्षिणमा अवस्थित फुलवारीमा लाखौं रुख छन् । ती मध्ये एउटा रुखमा नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्छ, त्यो पनि माला आकारको ।

सिरहाको यो लोभ लाग्दो प्राकृतिक विशेषताले हरेक वर्ष लाखौं नेपाली र भारतीयलाई आकर्षित गर्छ । नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्ने यो चमत्कारलाई सलहेश फुलबारी मेला को रुपमा मनाउने गरिन्छ ।

नयाँ वर्ष भन्ने वित्तिकै मिथिलाबासीको मन फुलवारीमा अड्किन्छ । फुलवारीको मध्यभागमा रहेको मालिन मन्दिर दक्षिण टाँस्सिएको हारमको रुखको मध्यभागमा फुल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ ।
मन्दिरका पुजारी नागेश्वर धामीका अनुसार हरेक नयाँ वर्षको दिन फूल्ने यो फूललाई राजा सलहेश र दौना मालिनको प्रेम प्रतिकको रुपमा लिइन्छ । ‘एउटै रुखमा सोही स्थानमा उही आकृतिको फूल फुल्नु अलौकिक नै मान्नु पर्छ’ उनले भने ।

सलहेशको इतिहास

१२ औ १३ औ शताब्दीमा मिथिलाको मैसोथा भन्ने ठाँउमा सलहेश जन्मिएका थिए । मैसोथा हालको सिरहा नगरपालिका हो । सलहेश जन्मिने कालमा मिथिलामा सामाजिक र राजनीतिक अराजकता ब्याप्त थियो ।

स सना ग्रामपिता बिचको अन्तरद्वन्द्वले आम जनात पिल्सिएका थिए । सलहेश तात्कालिन समान्त विरुद्ध सुसंगठित शक्तिको निर्माण गरेर सबैलाई परास्त गर्दै राज्य स्थापना गरे । पूर्वमा कोशी पश्चिममा गण्डकी उत्तरमा चुरे पर्वत श्रृखला र दक्षिणमा गंगासम्मको मैदानी भागमा सलहेशको शासन सत्ता स्थापना भयो । बाहिरी आक्रमणकारीबाट यी क्षेत्रलाई सुरक्षित बनाउन सलहेशले अत्यन्त कुशल र युद्धकलामा निपुण सैन्य शक्ति स्थापना गरेका थिए ।

गाम जनताको जिविकाको माध्यम कृर्षी र पशुपालन तथा प्राकृतिक श्रोत साधनमा आमजनातको पहुचलाई सुनिश्चित पारेका थिए । बिकेन्द्रिकृत शासन प्रणालीको स्थापना ,न्याय प्रणालीलाई विश्वसनिय र छरितो बनाउने सहलेश आफ्ना योगदानका कारण देवताका रुपमा पुजित छन् । सयौ बर्ष बितिसक्दा पनि सहलेशलाई मिथिलाको प्रत्येक गाँउमा मन्दिर स्थापना गरि लोक नायकको रुपमा पूजा गर्ने गरिन्छ ।

पछिल्लो समयमा सलहेशलाई दलित जातका दुसाध जातीको रुपमा अपब्याख्या गरिने कार्य भयो । तत्कालिन अवस्थामा अछुत मानिएको दुसाधको मात्र देवता सलहेशको योगदानलाई अस्वीकार गर्ने अभिजातिय सोचको परिपाटी थियो । सहलेश मिथिला र नेपालको भूमिलाई वाह्य आक्रमणबाट रक्षा गर्ने देशभक्त थिए । मिथिलाको साँस्कृतिक परिचय सलहेश विना अपुरो हुन्छ । सलहेशको व्यतित्वको आकर्षणको प्रभावमा अहिले पनि सम्पूर्ण मिथिला क्षेत्रमा रहेको छ ।

सलहेशको समाजमा प्रभाव

सिरहाको यो लोभ लाग्दो प्राकृतिक विशेषताले हरेक वर्ष लाखौं नेपाली र भारतीयलाई आकर्षित गर्छ । नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्ने यो चमत्कारलाई सलहेश मेला को रुपमा मनाउने गरिन्छ ।

तत्कालिन समाजमा सलहेश अन्यन्त न्यायप्रेमी शासक मानिएका छन् । जातिय द्वन्द्व चर्किएको बेलामा सलहेश सबैलाई संगठित गरेका थिए । सबै जात जाती सलहेशको नेतृत्वलाई स्वीकार गरेका थिए । मिथिला समाजमा सलहेश र उनका सहयोगी पात्रलाई सयौ बर्ष बितिसक्दा पनि कसैले बिर्सिएका छैनन् । सलहेशलाई न्यायको प्रतिमूर्ती मान्छन,भने कुनैपनि इच्छा रोग भोक ऋण, पीडाबाट मुक्तिको लागि अहिले पनि सलहेशलाई भाकल गर्दछन् ।

सलहेशका भाई मोतिरामलाई पहलमानहरु स्मरण गरि मात्र अखडामा उत्रन्छन् । बनमा काठ र बन्य उत्पादित समाग्री ल्याउन जानेहरु हिंर्सक बन्यजन्तुसंग बँच्न सलहेश भान्जा करिकन्हा । बहिनी बनसप्तीको पूजा गर्दछन् । अर्थात मिथिलाको समाजिक जीवन सलहेशको प्रभाव व्यापक विस्तृत छ ।

किराँतसंगको सम्बन्ध

मिथिलामा सलहेशले राज्य स्थापना गरिसकेपछि सबैभन्दा ठूलो चुनौति जनतालाई एक जुट बनाउनु र यसैको बलमा सीमालाई सुरक्षित पार्नु थियो । मिथिलालाई गण्डक, गंगा र कोशीले एक प्रकारको सुरक्षा चक्र प्रदान गरेको थियो ।

उतर तिरबाट मात्र मिथिलामा आक्रमण हुन सक्ने बढी खतरा थियो । तिब्बत र भुटानका नरेश संगको संलग्नता र मिथिलाका खुंखार डाँकु९दस्यु० चुहरमलको सहयोगमा पटक पटक आक्रमण भईरहेको थियो ।

मिथिलाको समथर भूमि अन्न र पशुधनको दृष्टिले अत्यन्त समृद्ध रहेको हुदा आक्रमणकारीहरु इस क्षेत्रमाथि आँखा गाडेका थिए । आक्रमणगरि फर्कने तिब्बती सैनिकहरु महाभारत पर्वत श्रृखलामा बसोबास रहेको किरातीहरुलाई पनि लुटपाट गर्दथे । अर्थात मिथिला र किराँत दुवै समान रुपमा आक्रमणको पीडा भोग्न बाध्य थिए ।

त्यति बेला मैथिल र किरात संयुक्त सैन्य निर्माण गर्ने र सामूहिक शत्रुलाई सामुहिक प्रतिवाद गर्ने सलहेशको प्रस्ताव किराँती सैन्य पति केबला किराँतले स्वीकार गरे ।

केही दिनपछि पकरियागढ र तरेगनागढको लडाईमा तिब्बत भुटान र चोहरमलको संयुक्त सैन्य शक्तिलाई परास्त गरि भुटानी नरेश सुंगलाई सलहेश बन्दी बनाउन सफल भएका थिए । अर्थात किराँतसंगको संयुक्त सैन्य निर्माणपछि बाह्य आक्रमणकारी पराजित पनि हुन थालेका थिए । तर त्यसैकारण भयभित हुन थालेका थिए । यी क्षेत्रहरु सुरक्षित हुन थालेको थियो ।

सलहेशका उपसाकहरु,उनलाई देवताका रुपमा पूजा गर्नेहरु,मन्दिर स्थापना भएका ठाँउहरुमा अहिले पनि सैन्य भेषमा मंगोलियन अनुहार देखिन्छ । त्यो केबल किराँती हो । मिथिला अहिले पनि आठसय बर्ष अगाडी स्थापित सम्बन्धलाई उतिकै सम्मान गरेको छ र सो फुलबारी मेला आज सम्पन्न भयो को छ।

प्रतिक्रिया दिनुहोस्