“गुरुयोजना नै बनाएर काम गर्दै छौं”



कृष्णहरि थापा
नगर प्रमुख, कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौं

कागेश्वरी मनोहरा नगरपालिकाभित्र शहरीकरण बढदो छ । २०७१ सालमा स्थापना भएको नगरपालिकाले विकास निर्माणको काम अगाडि बढाएको छ । जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछि झन विकास निर्माणको कामले गती लिएको छ । कागेश्वरी मनोहरा नगरपालिका उपत्यकाको उर्वर कृषि क्षेत्र भएपनि अहिले विस्तारै कृषि क्षेत्र मासिदै गएको छ ।

मनहरा र बागमती किनारमा रहेको उर्वर जग्गा घनावस्तीको रुपमा परिणत हुँदै गएको छ । अव्यवस्थित रुपमा शहरीकरण हुन नदिन नगरपालिकाले गुरु योजना निर्माण गरेर नै योजनाबद्ध विकास निर्माणको काम थाल्ने भएको छ । निर्वाचित भएपछि नगरपालिकाले गरेको काम, आगामी योजना लगायतको विषयमा केन्द्रीत भएर कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापासँग नेपाल समाचारपत्रको लागि मधुसूदन रायमाझीले गरलेको कुराकानीः–

निर्वाचित भएपछि नगरपालिकाको विकासको लागि कहिलेसम्म के–के काम गर्नुभयो ?
–कागेश्वरी मनहरा नगरपालिकाले स्वच्छ सफा हराभरा बनाऔ,कागेश्वरी मनहरा भन्ने नारा अगाडि सारेको छ । नारा अनुसार नगरपालिकाभित्र देखिएको हिलो र धुलोमुक्त बनाउने योजना अगाडि सारेका छौंं । विकास निर्माण काम योजनाबद्ध रुपमा अगाडि बढाउनको लागि पाँच करोडदेखि पचास करोडसम्म खर्च गरेर डिपिआर तयार पारेको छौं । कागेश्वरी धामको विकास गर्न गुरु योजना बनेको छ । नगरपालिकाले पचास करोडमा सात तले भवन निर्माण गर्न प्रक्रिया अगाडि बढाएका छौं ।

कागेश्वरी मनहरा गरपालिकाको चैत्र मसान्तसम्मको जनसंख्या बेस म्याप, घर नम्बर पनि तयार गर्दैछौ । २०६८ सालमा भएको जनगणना अनुसार अब पुनः जनगणना गर्न २०७८ साल कुर्नु पर्छ । नगरपालिकाको गुरु योजना बनाउने काम अन्तिम चरणमा पुगेको छ । ०६८ सालमा नगरपालिकाको घर संख्या १४ हजार २ सय थियो । अहिले ०७५ मा आउदा २३ हजार ६ सय ७६ पुगेको छ । अब कुन घरमा मानिस कति छन भन्ने पनि तथ्याङक आउछ । नगरपालिकाभित्र भएको समग्र वस्तुस्थितको जानकारी संकलन गरेर गुरु योजना निर्माणमा जुटेका छौं ।

नगरपालिकाभित्रको सडक पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुँदा निकै सास्ती पाएको नगरवासीको गनुासो छ नि ?
–नगरपालिकाले सडक निर्माणसँगै व्यवस्थित बनाउने योजना अगाडि बढाएको छ । चाबहिल–साँखु सडकमा निर्माण सुरु भएको बर्षौ भइसक्यो । तर पनि निर्माण सम्पन्न भएको छैन् । केन्द्र सरकारले यो सडक निर्माण गरिरहेको छ । सर्वोच्च अदालतले सडक विस्तार गर्दा पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । केन्द्र सरकारले सडक विस्तारको क्रममा सडकमा पर्ने घर र जग्गाको मुअब्जा नदिएको हुनाले केही भागमा सडक निर्माणमा समस्या परेको छ । नगरवासीहरुले हामीलाई गाली गर्छन । तर हामीले केन्द्र सरकारले ठेक्का लगाएको ठाउँमा कुनै पनि काम गर्न दिदैन । खाल्डाखुल्डी प¥यो, त्यसमा मर्मत गर्न पनि नमिल्ने अवस्था छ ।

सडक लथालिङ हुँँदा पनि टुलुटुलु हेरेर बस्नु पर्ने बाँध्यता छ । अर्को पेप्सीकोला ब्रम्खेल सडक निर्माणको काम भइरहेको छ । चागु सडक निर्माणको काम पनि अगाडि बढेको छ । नगरपालिकाभित्रको अन्य सडक निर्माण गर्न योजना अगाडि बढाएका छौं । हामीले मनहरा करिडोर निर्माणलाई जोड दिएका छौं । काठमाडौं वरिपरी दस वटा नगरपालिका छ । काठ परिवेशको सबै सडक पिच नभएसम्म काठमाडौं सफा हुन सक्दैन । स्मार्ट सिटी र नमूना गरपालिका बनाउछु भनेर हिडनु भन्दा हिलो र धुलोमुक्त गर्न सक्यो भने पनि ठूलो उपलब्धी हो । हामीले आफ्नो टोल आफै बनाऔ भनेका छौं । पचास प्रतिशत समुदायले उठाएर पचास प्रतिशत बजेट नगरपालिकाले सहयोग गर्छ । यो कार्यक्रम प्रभावकारी पनि बनेको छ ।

निर्वाचित भए लगत्तै बनाउनु पर्ने गुरु योजन बनाउन ढिला भएन र ?
–गुरु योजना निर्माण गर्नको लागि तथ्याङ र आधार चाहिन्छ । अहिले ०६८ सालको तथ्याङक मात्र पाइन्छ । पुरानो तथ्ङकलाई आधार बनाएर त भएन । यस अवधिमा धेरै परिवर्तन भइसकेको छ । कागेश्वरी मनहरा नगरपालिका तीब्र गतिमा शहरीकरणमा गएको छ । काठमाडौं महानगरपालिकासँग पनि जोडिएको नगरपालिका हो ।

-सडक लथालिङ हुँँदा पनि टुलुटुलु हेरेर बस्नु परेको छ
-चक्रपथ बाहिरको सडक पिच नभएसम्म काठमाडौं सफा हुँदैन
-गुरु योजना बनाएपछि विकास निर्माणको काम गर्न सहज हुन्छ

पुरानो तथ्याङकले अहिलेको अवस्थामा काम नगर्ने भएपछि नयाँ वेशमा जाऔ भन्ने हाम्रो नीति हो । हामीले योजना नै नबनाएको पनि होइन । गौरवको योजना बनाएर अगाडि बढाएका छौं । गुरु योजनाभित्र, सडक, खानेपानी, स्वास्थ्य शिक्षा लगायतका भौतिक पूर्वाधार निर्माण कहाँ र कसरी गर्ने भन्ने विषयको टुंगो लगाएर काम गछौं । गुरु योजनाले दिर्घकालिन योजना र नीति निर्माण गर्छ ।

नगरपालिकाभित्र हुने विकासको कामलाई एकीकृत ढंगले अगाडि बढाउने केही नीति बनाएको छ कि ?
– अहिले ढल निर्माण नगरिकन नगरपालिकाले सडक निर्माण गर्न दिएको छैन् । ढल हालेपछि त्यही बर्ष कालोपत्रे गर्न नहुने समस्या आएको छ । सडक विस्तारको काम निकै जटिल छ । बिजुलीको पोल, टेलिकमको पोल सार्न त्यतिकै कठिनाइ छ । ढल निर्माण, खानेपानीको पाइप हाल्नु पर्ने अवस्था छ ।

खानीपानीको समस्या समाधानको लागि के गरिरनुभएको छ ?
मेलम्चीको खानेपानीमा पनि हामी हाम्रो नगरपालिका दोस्रो चरणमा परेको छ । याङग्री र लार्के आएपछि मात्र हाम्रो नगरपालिकाले पानी पाउनेछ । मेलम्चीको पानी आउन अझै समय लाग्छ । हामीले तत्काल नगरवासीलाई खानेपानी व्यवस्था गर्न काडाँघारी खानेपानी आयोजना अगाडि बढाएको छौं । ३२ करोडको आयोजनामा केन्द्र सरकारले पचास लाख बजेट दिएको छ । यसरी त कहिले सम्पन्न होला ? अहिले सडक निर्माण गर्दा सडक पेटी निर्माण गर्न छोडेका छौं । सडकपेटीबाट पाइपलाइन लैजाने नीति छ । डाँछी भद्रवासमा पचास÷पचास लाखको खानीपानी ट्याङकी निर्माण गरिसकेको छौं । खानेपानीको केही स्रोत पनि छ । खानेपानीलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।

घरबहाल कर तिर्नेको संख्या कस्तो छ ?
–२०७१ सालमा हाम्रो नगरपालिका बन्यो । अहिले भर्खर भर्खर घर कर तिर्न थालेका छन् । जति घर बनेका छन् ती डिजिटल प्रविधिमा राखेका छौं । गत बर्ष सात हजार घर आएका थिए ।

नगरपालिकालाई सुरक्षित बनाउने अभियानमा के योजना अगाडि सार्नुभएको छ ?
–हामीले नगरपालिकाभित्र सिसी क्यामेरा राख्नको लागि सर्भेको काम गरिरहेका छौं नगरपालिकालाई हामीले तीन वटा जोनमा विभाजित गरेका छौं । वडा नम्बर १,२,३ वडा नम्बर ४,५, ६ र वडा नम्बर ७,८ र ९ जोनमा विभाजि गरेर काम अगाडि बढाएका छौं । काँडाघारी प्रभाव र गागलमा सिसी क्यामेरा जडान गरेर प्रहरीलाई हस्तान्तरण गरेका छौं ।

हामीले करिब ७ सडक बत्ती जडान गरेका छौं । सेन्सबाट सञ्चालन हुने बिजुली वत्ती नै प्रयोग गरेका छौं । सिसी क्यामेरा जडान भएपछि राम्रो भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको छ । हामीले पनि प्रहरीलाई सक्दो सहयोग गरिरहेका छौ. । अहिलेको सर्वे अनुसार २ करोड लाग्ने देखिएको छ । नौ वटा वडा कार्यालयमा जडान हुने सिसी क्यामेरा नगरपालिकाले अनुगमन गर्छ ।

त्यसैगरी सबै वडाको मुख्यमुख्य चोकमाा सिसी क्यामेरा जडान गरेर प्रहरीलाई हस्तान्तरण गछौं । सुरक्षित नगरपालिका बनाउन हामी प्रहरीसँग सहकार्य गरेर अगाडि बढेका छौं । बौद्ध र कोटेश्वर दुवै प्रहरी वृत्तले हेर्दा केही समस्या छ ।

नगरवासीलाई के भन्न चाहनुहुन्छ ?
–हामीले काम गर्ने हो । विकास निर्माणको मुल्याङकन गर्ने काम नगरवासीको हो । नगरपालिकाभित्र विकास निर्माणको काम तीब्र गतिमा नै अगाडि बढेको छ ।सबै काम नगरपालिकाबाट मात्र सम्भव हुँदैन । हाम्रो नगरपालिका हामी आफैले बनाउनु पर्छ भन्ने नगरपालिकाको आग्रह छ । हामी नगरवासीको सक्रियता देखेर खुसी छौं । जनप्रतिनिधि, कर्मचारी र नगरवासी मिलेर मात्र नगरपालिकालाई समृद्ध बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्