बालबालिकाका लागि ‘फूलैफूल’



काठमाडौं। कवि सूर्यप्रसाद लाकोजूको नवीनतम कृति ‘फूलैफूल’ नामक बालकवितासङ्ग्रह प्रकाशित भएको छ। लामो समयदेखि नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका लाकोजूको यो तेस्रो बालकवितासङ्ग्रह हो। यसमा विभिन्न शीर्षकका १६ वटा कविता सङ्ग्रहित छन्।

हरेक बालकवितासँगैे भावअनुसारका रेखाचित्रहरू राखिएका छन्, जुन बालबालिकाको मनलाई सजिलै आकर्षित गर्न सक्ने खालका छन्। देशभक्ति, प्रकृति प्रेम, सामाजिक मेलमिलाप, संस्कृतिको महत्व झल्काउने विभिन्न विषयहरूमा रचिएका कविताले बालबालिकालाई नैतिकवान् बन्न, देशलाई माया गर्न, समाजमा मिलेर बस्न प्रेरित गर्दछन्।

साहित्यकार लाकोजूका यसअघि भावनाका पूmलहरू (मुक्तकसङ्ग्रह), फूलहरूको मेला (मुक्तकसङ्ग्रह), स्पर्श (कवितासङ्ग्रह), मेरो मन मेरो मीत (कवितासङ्ग्रह), पनौती, पनौतीको बाह्रवर्षे मकरमेला, स्मृतिका आलेखहरू, प्रेरणाको चौतारी (प्रेरक प्रसङ्ग), गुराँस फुल्ने मन (हाइकुसङ्ग्रह), कोपिला (बालकवितासङ्ग्रह), केही काभ्रेली अक्षरकर्मीहरू—१, घामको चुम्बन (कवितासङ्ग्रह), अक्षरका स्वरहरू (हाइकुसङ्ग्रह), सुसेली (गीतसङ्ग्रह), यःमरी (परिचयात्मक बालपुस्तक), घाम उदायो (बालकविता सङ्ग्रह), शाश्वत स्वरहरू (मुक्तकसङग्रह), मेरो घाम (कवितासङ्ग्रह) जस्ता कृतिहरू प्रकाशित छन् भने विभिन्न स्मारिका, स्मृतिग्रन्थहरूको सम्पादन पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्